दमक नगरले स्थानीय सरोकारवालाहरुसँग थाल्यो सुझाव संकलन गर्न शुरु

 लिम्बुवान न्युज
                       


दमक, ६ असार । दमक नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० को योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा सुझाव संकलन गर्न शुरु गरेको छ । सोमबार नगरपालिकामा पत्रकारहरुका साथै विभिन्न संघ संस्थाका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरुसँग आगामी बजेटमा समेट्नु पर्ने विषयहरुको सुझाव समेत माग गरेको छ ।

बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा नगर उप–प्रमुख रेगिना भट्टराईकोको अध्यक्षतामा आज बिहान नगर क्षेत्रभित्र रहेका पत्रकारहरुसँग सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी केन्द्रिय सदस्य टिकाराम उप्रेती, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिलकुमार लावती, अग्रज पत्रकारहरु कृष्ण कार्की, गोपाल झापाली, युवा पत्रकार चिरञ्जीवि घिमीरे, निशेष राई, भूमिराज पराजुली लगायतले सुझाव राख्दै नगरपालिकालाई सञ्चारमैत्री बनाउनु पर्ने सुझाव सहित लोककल्याणकारी विज्ञानमा सहजबनाई स्थानीय संचारहरुलाई प्रथामिकतामा राख्न सुझाव दिएका थिए ।

त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले नगर भित्र रहेका राजनैतिक दलका अगुवा साथै संघ संस्थाका प्रमुखहरु संगपनि सोमबार नै छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले सुझाव पेश गरेका थिए ।

कार्यक्रमका अध्यक्ष समिति सम्योजक तथा नगर उप–प्रमुख भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकिय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी आर्थिक बर्षको बजेट ल्याउने प्रतिबद्धता जनाए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...