दमकमा पहिलो पटक रोजगार मेला हुँदै 

 लिम्बुवान न्युज
                       


दमक/ दमकमा पहिलो पटक रोजगार मेला हुदैछ । यहि बिहिबार आयोजना हुन लागेको रोजगार मेलाको तयारी पूरा भएको छ ।
रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको मेला,महोत्सव उपसमितिले मंगलवार पत्रकार सम्मेलन गरि रोजगार मेलाको तयारी पूरा भएको रोजगार मेला मूल आयोजक समितिका संयोजक भरत चम्लागाईले बताएका छन् ।
दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने मेलामा रोजगार दाता तथा विभिन्न उद्योग ,प्रतिष्ठानका उद्यमीहरुको सहभागिता रहने छन् । उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारीको सन्दर्भमा अन्तरकृया समेत गरिने छ ।
दमकमा यस किसिमको रोजगार सम्बन्धी मेला पहिलोपटक आयोजना हुदैं छ । यसैवीच, रोजगार मेला सफलतापूर्वक सम्पन्न गर्न सघाउँ पुरयाउँन संघले एक दर्जन विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायत मेलाका बारे जानकारी दिएका थिए । रोजगार मेला भव्यताका रुपमा सम्पन्न गर्न जसअन्तर्गत चम्लागाईको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय उपसमिति गठन गरिएको छ । बैठकले मिन मगरको संयोजकत्वमा साउण्डसेट तथा स्टेज व्यवस्थापन उपसमिति, रमा लिम्बूको संयोजकत्वमा उद्घाटन तथा समापन समारोह व्यवस्थापन, गोपाल गुरागाईको संयोजकत्वमा अतिथि सत्कार, मोहन ढकालको संयोजकत्वमा खाजा व्यवस्थापन, प्रकाश अधिकारीको संयोजकत्वमा अन्तरक्रिया, जीवन चुडाँलको संयोजकत्वमा सञ्चार व्यस्थापन र नगरपालिकाका नगर प्रमुखको संरक्षकत्वमा अनुगमन तथा निर्देशन उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अप कमर्शका उपाध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा हुने रोजगार मेलामा उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल लगायतका उद्योग,व्यवसायीका नेताहरु ,विभिन्न रोजगारदाताका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...