देशमा दक्ष जनशक्ति उत्पादन भए रोजगार सिर्जना गर्न सकिन्छ– ढकाल

 लिम्बुवान न्युज
                       


दमक, ९ असार । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा रोजगार सिर्जना गर्न सकिने बताएका छन् ।
विहीवार दमक उद्योग बाणिज्य संघको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको पहिलो रोजगार मेलाको उदघाटन कार्यक्रममा उनले रोजगारी अवस्था निर्माण गर्न देशका तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्न सके स्वदेशमा प्रशस्त संभावना रहेको उल्लेख गरे ।
ढकालले अहिले पनि नेपालमा उत्पादनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता रहेको भन्दै रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्ने खाँचो रहेको औल्याए ।
रोजगारका सम्भावनाहरु प्रशस्त छन,तर यहाँ काम गर्नसक्ने वातावरण सिर्जना भइरहेको छैन, उनको भनाई छ । पछिल्लो समय भुकम्प, कोरोनालगायतका कारणले अर्थतन्त्रमा ठूलो असर परेको जनाउँदै ढकालले कृषि उत्पादनका कारण श्रीलंकाजस्तो नेपालको अवस्था आउने खतरा नरहेको बताए ।उनले भने, –‘धेरै अप्ठेरामा समेत नेपालको अर्थतन्त्र टिकेकाले अब पनि टिक्छ भन्ने विश्वास छ ’
सबै क्षेत्रले उत्पादन र रोजगारीमुखि कार्यक्रमहरु बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनले सुनाए । यस किसिमको रोजगार मेला सबैतिर आवश्यक रहेको उनको धारणा छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उप्रमुख रेगिना भट्टराईले पहिलो पटक दमकमा यस प्रकारको रोजगार मेलाको आयोजनाले रोजगार सिर्जना गर्न सहयोग पुग्ने भन्दै यस्तो कार्यक्रम निरन्तरता दिने बताएका छन् ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार रोजगारदाता, रोजगारमूलक सीप सिकाउने प्राविधिक शिक्षालय तथा क्याम्पस, स्वरोजगार बनेका समूहको स्टलहरु राखिएका छन् । एकदिने रोजगार मेलामा आफ्नो दक्षता र सीपसहित बेरोजगारले फारम भरेको उनको भनाई छ । कार्यक्रममा रोजगार दाता तथा रोजगारी अवसर खोज्ने श्रमिकहरुवीच रोजगारीका विभिन्न अवसरका बारेमा अन्तरकृया समेत गरिएको थियो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...