देशमा दक्ष जनशक्ति उत्पादन भए रोजगार सिर्जना गर्न सकिन्छ– ढकाल

 लिम्बुवान न्युज
                       


दमक, ९ असार । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा रोजगार सिर्जना गर्न सकिने बताएका छन् ।
विहीवार दमक उद्योग बाणिज्य संघको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको पहिलो रोजगार मेलाको उदघाटन कार्यक्रममा उनले रोजगारी अवस्था निर्माण गर्न देशका तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्न सके स्वदेशमा प्रशस्त संभावना रहेको उल्लेख गरे ।
ढकालले अहिले पनि नेपालमा उत्पादनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति विदेश जानुपर्ने बाध्यता रहेको भन्दै रोजगारका क्षेत्रहरु पहिचान गरेर अघि बढनु पर्ने खाँचो रहेको औल्याए ।
रोजगारका सम्भावनाहरु प्रशस्त छन,तर यहाँ काम गर्नसक्ने वातावरण सिर्जना भइरहेको छैन, उनको भनाई छ । पछिल्लो समय भुकम्प, कोरोनालगायतका कारणले अर्थतन्त्रमा ठूलो असर परेको जनाउँदै ढकालले कृषि उत्पादनका कारण श्रीलंकाजस्तो नेपालको अवस्था आउने खतरा नरहेको बताए ।उनले भने, –‘धेरै अप्ठेरामा समेत नेपालको अर्थतन्त्र टिकेकाले अब पनि टिक्छ भन्ने विश्वास छ ’
सबै क्षेत्रले उत्पादन र रोजगारीमुखि कार्यक्रमहरु बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनले सुनाए । यस किसिमको रोजगार मेला सबैतिर आवश्यक रहेको उनको धारणा छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उप्रमुख रेगिना भट्टराईले पहिलो पटक दमकमा यस प्रकारको रोजगार मेलाको आयोजनाले रोजगार सिर्जना गर्न सहयोग पुग्ने भन्दै यस्तो कार्यक्रम निरन्तरता दिने बताएका छन् ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार रोजगारदाता, रोजगारमूलक सीप सिकाउने प्राविधिक शिक्षालय तथा क्याम्पस, स्वरोजगार बनेका समूहको स्टलहरु राखिएका छन् । एकदिने रोजगार मेलामा आफ्नो दक्षता र सीपसहित बेरोजगारले फारम भरेको उनको भनाई छ । कार्यक्रममा रोजगार दाता तथा रोजगारी अवसर खोज्ने श्रमिकहरुवीच रोजगारीका विभिन्न अवसरका बारेमा अन्तरकृया समेत गरिएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...