प्रदेश १ को नामाकरण लिम्बुवान नगरे विद्रोह गर्ने चेतावनी

 लिम्बुवान न्युज
                       


झापा, १२ असार/ संघीय लिम्बूवान पार्टी, नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको अघात आस्था, समपर्ण, सद्भाव एवम् ऐकवद्धता रहेको लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो बिद्रोह हुने अध्यक्ष पालुङ्वाले बताएका हुन् ।
लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई तत्कालीन नेपाल सरकारले २०६४ साल चैत ६ गते पाँच वुँदे सहमति गरी निस्तेज गरेको र आफूहरु अहिलेसम्म चुप लागेर बसेको बताउँदै अध्यक्ष पालुङ्गाले भने – ‘संविधानसभाबाट लिम्बुवान स्वायत्त राज्य सुनिश्चित हुने गरी सरकारसंग हामीले ६ चैत २०६४ मा पाँच बुँदे सहमति ग¥यौ तर अहिलेसम्म सहमति कार्यन्वयन हुन सकेको छैन ।’
विगतको सहमतिलाई लत्याउँदै प्रदेश १ को नामाकरणका विषयमा राजनीतिक दल, नेता तथा सांसदहरु अघि बढे भविश्वमा महंगो मूल्य चुकाउनु पर्ने उहाँको चेतावनी रहेको छ ।
मुलुकमा दिनानुदिन महंगी, भ्रष्टचार, बलात्कार, वेतिथि, कुशासन बढिरहेको तथा अमेरिकी अरियोजना एमसीसी र एसपीपी बारे हाम्रो पार्टी कडा आलोचना रहेको सम्मेलनमा अध्यक्ष पालुङ्वाले बताए ।
पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता बीर नेम्वाङ्ले लिम्बुवान राज्यमा याक्खा, याम्फु, लोहरुङ, आठपहरिया, लेप्चा, कोच, धिमाल, संथाल, लगायतका गैर भौगोलिक स्वयत्तता र विशेष क्षेत्रहरु संविधानत व्यवस्था हुने बताउँदै लिम्बुवान आन्दोलनसंग जोडिएका राजनीतिक दल, सामाजिक संघ संस्था, वुद्धिजीवी, पेशाकर्मी सहित सबैलाई लिम्बुवान स्वयत्त राज्य स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आव्हान गरे ।
पत्रकार सम्मेलनमा लिम्बुवानका पार्टी नेपालका अन्य शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...