माङ्सेबुङमा बलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       


मिक्लाजुङ, १२ असार । पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारबाट दमक तर्फ जार्दै गरेको बलेरो दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ईलामको माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा बलेरो दुर्घटना भएको हो ।

दुर्घटनाबाट मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।

मध्यान्ह १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बलेरो गाडी सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी हिम प्रसाद र प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बलेरो चालक फरार रहेकाले खोजी कार्य तिब्र पारि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...