दमक नपाको बजेट १ अर्ब ८४ करोड

,   लिम्बुवान न्युज
                       

दमक/ दमक नगरपलिकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८४ करोड १२ लाख ३९ हजार बजेट प्रस्ताव गरेको छ ।

आज आइतबार आयोजित दमक नगरपालिकाको १३ औँ नगरसभामा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले आगामी आ.व.२०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

आउँदो आ व मा १० वडा रहेका दमक नगरपालिकामा प्रतिवडा १२ करोड वडा सिलिङ बजेट प्रस्ताव गरिएको छ ।

विषयगत शाखाहरुमा सात करोड एक लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ भने नगरस्तरीय गौरवका योजनाहरु (पूर्वाधार विकास कार्यक्रम) का लागि आठ करोड ८० लाख प्रस्ताव गरिएको छ ।

त्यस्तै समपूरक कोषका दुई करोड ४० लाख विनियोजनका लागि प्रस्ताव गरिएको बजेटमा विपत व्यवस्थापन शीर्षकमा ८० लाख, तार जाली खरिदमा २० लाख प्रस्ताव गरिएको छ ।

विषयगत शाखाहरुतर्फ आगामी बजेटमा शिक्षामा २ करोड ४० लाख, सामाजिक विकासतर्फ १ करोड ३२ लाख बजेट प्रस्ताव गरेको छ ।

स्वास्थ्यमा ४० लाख बजेट विनियोजनको लागि प्रस्ताव गरिएको छ भने महिला बालिबालिकातर्फ ३२ लाख, सुशासन राजश्व र रोजगार विकासमा २३ लाख, न्यायिक तथा विधायन शाखातर्फ १६ लाख, पशु विकासमा १२ लाख प्रस्ताव गरिएको छ ।

दमक नगरपालिकालाई ‘कृषिमा आधारित हरित नगर’ नारा दिइए पनि कृषि शीर्षकमा भने ३० लाख मात्रै विनियोजन गरिएको छ । सूचना सञ्चार न्यून बजेट अर्थात आठ लाख विनियोजन प्रस्ताव गरेको दमक नगरपालिकाले वातावरण र सहकारीतर्फ पनि समान आठ लाख विनियोजन प्रस्ताव गरेको छ ।

सबै भन्दा कम्ती बजेट शहरी विकास र खाद्यमा चार लाखका दरले बजेट प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;