मङ्गलबार, १२ असार, २०८० बिहानको ०९:४१ बजे,
लिम्बुवान न्युज
काठमाडौ ।लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के-२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।
सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ ।
चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले यस चलचित्रमा अभिनय गरेका छन् ।
यस चलचित्रमा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।
दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित मनकुमार...
दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली ३ गते सम्म संचालन हुनेछ । दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र मेडलमा चित्त बुझाउनु पर्ने छ ।
दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...
ललितपुर, ३२ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...