विर्तामाेडमा आदिवासी युवाहरुको भूमिका कार्यशाला सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, झापा । झापाको विर्तामोडस्थित हाेटल ग्राण्ड प्यासिफिक हाेटलमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजनामा आयोजित  एक दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा आदिवासी जनजाति समुदायका ५० जना बिधार्थीहरूको सहभागी रहेको थियो ।

शनिवार सम्पन्न सो कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेका थिए । उनले बहुभाषिक शिक्षा र आदिवासी ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसका लागि आदिवासी युवाहरूको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यशालामा सहभागीहरूले बहुभाषिकता र आदिवासी जानका बारेमा आ-आफ्नो अनुभव साट्दै हाल यसको अवस्था,समस्या,निती,योजना र उपलब्धिका बारेमा बिभिन्न प्रस्तुतिहरू राखेका थिए ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई, पुर्व अध्यक्ष गणेशमान मुखिया, इन्द्रजीत मुखिया,निवर्तमान अध्यक्ष बिशाल नेम्बाङ,नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय समिति अध्यक्ष पाण्डवलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...