ठेकेदारको लापरवाहीले रतुवामा जिप बगाउँदा २ को मृत्यु

,   लिम्बुवान न्युज
                       


दमक, २३ जेठ । दमक–चिसापानी–रवि (फाल्गुनन्द) सडक निर्माण भईरहेको अवस्थामा बाटो अवरोध भई रतुवा खोलाबाटा तार्ने क्रममा चुलाचुली ५स्थित रतुवा खोलामा अचानक आएको बाढीले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

झापाको दमक देखि इलामको माङसेबुङका लागि छुटेको लु १ च ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे खोलाले बगाएको हो ।

दमक–चिसापानी–रवि सडक खण्ड अन्तर्गत सडक खण्ड समयमै निर्माण सम्पन्न हुन नसक्दा इलामको माङसेवुङ–५ कि सर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते निरुको भने उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा भर्ना गरिएको थियो । बर्षौ देखि सो सडकखण्ड निर्माणमा निर्माण ठेकेदारको लापरवाहीको कारण बर्षा समयमा रतुवाले दुःख दिईरहेको त्यहाँका स्थानीय वासीहरुको गुनासो रहेको छ ।

बुलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका थिए भने चालक हालसम्म पनि सम्पर्क बाहिर रहेको जनाइएको छ ।

बारबार म्याद थप गरिएका उक्त सडकका ठेकेदारलाइ यस अा.ब.मा पनि ठेक्का सम्पन्न नगरे कालाे सूचीमा राखेर कारवाही गरिने दमक सडक डिभिजनले जनाएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;