ठेकेदारको लापरवाहीले रतुवामा जिप बगाउँदा २ को मृत्यु

 लिम्बुवान न्युज
                       


दमक, २३ जेठ । दमक–चिसापानी–रवि (फाल्गुनन्द) सडक निर्माण भईरहेको अवस्थामा बाटो अवरोध भई रतुवा खोलाबाटा तार्ने क्रममा चुलाचुली ५स्थित रतुवा खोलामा अचानक आएको बाढीले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

झापाको दमक देखि इलामको माङसेबुङका लागि छुटेको लु १ च ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे खोलाले बगाएको हो ।

दमक–चिसापानी–रवि सडक खण्ड अन्तर्गत सडक खण्ड समयमै निर्माण सम्पन्न हुन नसक्दा इलामको माङसेवुङ–५ कि सर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते निरुको भने उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा भर्ना गरिएको थियो । बर्षौ देखि सो सडकखण्ड निर्माणमा निर्माण ठेकेदारको लापरवाहीको कारण बर्षा समयमा रतुवाले दुःख दिईरहेको त्यहाँका स्थानीय वासीहरुको गुनासो रहेको छ ।

बुलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका थिए भने चालक हालसम्म पनि सम्पर्क बाहिर रहेको जनाइएको छ ।

बारबार म्याद थप गरिएका उक्त सडकका ठेकेदारलाइ यस अा.ब.मा पनि ठेक्का सम्पन्न नगरे कालाे सूचीमा राखेर कारवाही गरिने दमक सडक डिभिजनले जनाएकाे छ ।

सम्बन्धित समाचार

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...

मुक्कुमलुङ संरक्षण पक्षधरले गरे आन्दोलनको घोषणा

ललितपुर, २८ माघ । मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

ललितपुर, २७ माघ । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै...

वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति...