“गाउँ आएको बाटो”को प्रिमियर शो सम्पन्नः जेठ २५ गतेबाट प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, २४ जेठ । शुक्रबार (जेठ २५गते)बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौंस्थित बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति रहेको थियो ।

महेश राईको कथामा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’मा अहिलेका व्यस्त कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका रहेको छ । किरात राई जातीको पुर्खौली थलोमा उनीहरूको सहअस्तित्व पहिचानका साथै सामाजिक, सांस्कृतिक सम्बन्ध भावनामा आयातित संस्कृतिले पारेको प्रभावलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा गाउँमा बाटो आएसँगै गाडी आएपछिका परिवर्तनहरुका साथै बाबु र छोराको सम्बन्धलाई समेत अत्यन्तै सुन्दरढंगले प्रस्तुत गर्न खोजएको छ । राई जातीहरुको परम्परागत ज्ञान, सिप र क्षमताहरूलाई बाटो आएसँगै कसरी क्रमिक रूपमा सांस्कृतिक अतिक्रमण भयो त भन्ने विषय चलचित्रको मुख्य केन्द्र रहेको निर्देशक सुब्बाले बताए ।

चलचित्रको अधिकांश छायाङ्कन पूर्वी पहाडी जिल्ला किरात राई जातीहरुको सघन बसोबास रहेको भोजपुरको दक्षिणी क्षेत्रमा गरिएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...