लिम्बु (याक्थुङ) भाषा कक्षा ११ र १२ को परीक्षा सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, २७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डद्वारा संचालित याक्थुङ (लिम्बू) भाषा (याक्थुङ पाःन्दाङ नु साप्सक) कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ।
बोर्डले शैक्षिक शत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको हो । शैक्षिक शत्र २०८० मा २४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक तथा सत्यहाङमा मावि इम्बुङका प्रधानाध्यापक अमिता सुब्बाले बताईन ।
पाँचथरको फाल्गुनन्द–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक–१ यासोकस्थित पृथ्वी मावि, फिदिम–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ–५ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ–३ लिङखिमस्थित सिंवा मावि र मोरङको केराबारी–१ पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले बताए ।
सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुब्बाले बताए ।
नेपाल सरकारले भाषा शिक्षा लागू गर्ने नारा दिएतापनि पर्याप्त मात्रमा भाषा शिक्षालाई प्राथमिकतामा नराखेको भाषा विद्वहरु बताउँछन् । सिक्किममा लिम्बु भाषा मास्टरसम्म पढाई भईरहँदा नेपालमा भने राज्यले भाषा नीतिलाई व्यवहारिक बनाउन नसक्नु दुर्भाग्य भएको उनिहरुको तर्क छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...