पद्यम सुन्दर लावती प्रतिष्ठानद्वारा राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक, २७ जेठ।  पदम सुन्दर लावती प्रतिष्ठानले आईतबार राहत वितरण गरेको छ । पुर्वमन्त्री तथा विकासवादी नेता पदम सुन्दर लावतीको ९औं स्मृति दिवसको अवसर पारेर राहत वितरण गरीएको हो ।

प्रतिष्ठानले फिदिम २ ओदिनमा रहेको आदर्श आधारभूत आवासीय विद्यालयलाई एक कार्यक्रमका बिच राहत सामाग्री वितरण गरेको हो ।विद्यालयलाई नगद १५ हजार पाँचसय रुपैया बराबरको चामल, दाल, तेल, साबुन लगायतको खाद्य सामाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले बताए ।

वितरण कार्यक्रममा पदम सुन्दर लावती प्रतिष्ठानका संरक्षक सल्लाहकार तथा पदम् सुदर लावतीका छोरा सगुन सून्दर लावती, समाजसेवी होम लावती लगायतले विद्यालयलाई राहत वितरण गरेका थिए ।

पाँचथर जिल्लाका विभिन्न क्षेत्रबाट निम्न परिवार भएका करिब २० बालबालिकाहरूलाई यस विद्यालयले आवासीय शिक्षा दिईरहेको पत्रकार समेत रहेका स्थानीय नारायण तुम्बापोले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...