फुङलिङ्, ३२ जेठ । फक्ताङलुङ गाउँपालिका–२स्थित खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर एकै परिवारको मृत्यु भएको हो भने दुई जना सख्त घाईते भएका छन् ।
मृत्यु हुनेमा ६९ वर्ष राम बहादुर साम्रा लिम्बू, उहाँका श्रीमती ५१ बर्षीया जसमाय साम्रा लिम्बू र दुई छोरीहरु वर्ष १० का गंगा र जमुनाको मृत्यु भएको सो वडाका अध्यक्ष भूपेन्द्र चौचलागाईले जानकारी दिएका छन् । उहाँका अनुसार मृत्यु हुने फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष विकास साम्रा लिम्बूका बुवाआमा र दुई बहिनी रहेका छन् । त्यस्तै घाइते हुनेमा वर्ष ४० का युगेन लिम्बू र उनका ३ बर्षीया छोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गत बुधबार राती वर्षासंगै गएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका ६ वटा स्थायी मोटर पुलहरु बगाएसंगै सडक पुरै अवरुद्ध भएको छ । मृतकहरुको शव सुरक्षित स्थानमा निकालिएको वताइएको छ भने घाइतेहरुको थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ् लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकार निरिक्षक कमल कुमार लुङ्गेलीले बताएका छन् ।
ढुङगा माटोले बनेको टिनको छानो भएको २ तलेघर माथीबाट झरेको पहिरोले घर पुरि सुतिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । घर भित्र रहेको सम्पुर्ण धनमाल पुर्णरुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पशु चौपाया समेतमा क्षतिपुगेको छ भने थप क्षतिको विवरण भने आउन बाँकी रहेको जनाएको छ ।
थप उद्दारको लागी फुङलिङ नगरपालिका—१० मित्लुङ हाईड्रोपावर सुरक्षाको लागी खटिएको नेपाली सेनाको शुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिआएको प्रहरीले कार्य गरिरहेको जिप्रका ताप्लेजुङले जनाएको छ । .
Related