ताप्लेजुङमा पहिराेमा पुरिएर ४ जनाको मृत्यु

,   लिम्बुवान न्युज
                       


फुङलिङ्, ३२ जेठ । फक्ताङलुङ गाउँपालिका–२स्थित खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर एकै परिवारको मृत्यु भएको हो भने दुई जना सख्त घाईते भएका छन् ।

मृत्यु हुनेमा ६९ वर्ष राम बहादुर साम्रा लिम्बू, उहाँका श्रीमती ५१ बर्षीया जसमाय साम्रा लिम्बू र दुई छोरीहरु वर्ष १० का गंगा र जमुनाको मृत्यु भएको सो वडाका अध्यक्ष भूपेन्द्र चौचलागाईले जानकारी दिएका छन् । उहाँका अनुसार मृत्यु हुने फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष विकास साम्रा लिम्बूका बुवाआमा र दुई बहिनी रहेका छन् । त्यस्तै घाइते हुनेमा वर्ष ४० का युगेन लिम्बू र उनका ३ बर्षीया छोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गत बुधबार राती वर्षासंगै गएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका ६ वटा स्थायी मोटर पुलहरु बगाएसंगै सडक पुरै अवरुद्ध भएको छ । मृतकहरुको शव सुरक्षित स्थानमा निकालिएको वताइएको छ भने घाइतेहरुको थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ् लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकार निरिक्षक कमल कुमार लुङ्गेलीले बताएका छन् ।

ढुङगा माटोले बनेको टिनको छानो भएको २ तलेघर माथीबाट झरेको पहिरोले घर पुरि सुतिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । घर भित्र रहेको सम्पुर्ण धनमाल पुर्णरुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पशु चौपाया समेतमा क्षतिपुगेको छ भने थप क्षतिको विवरण भने आउन बाँकी रहेको जनाएको छ ।

थप उद्दारको लागी फुङलिङ नगरपालिका—१० मित्लुङ हाईड्रोपावर सुरक्षाको लागी खटिएको नेपाली सेनाको शुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिआएको प्रहरीले कार्य गरिरहेको जिप्रका ताप्लेजुङले जनाएको छ । .

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;