दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

,   लिम्बुवान न्युज
                       

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो  ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा असार ७ देखि ९ गते सम्म सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई हाल दमक लगायत आसपासको क्षेत्रमा बसेर अध्ययन गरिरहेका विधार्थीहरु, माङसेबुङका पत्रकारिता क्षेत्रमा लागिरहेका व्यक्तिहरु तथा पत्रकारिता गर्न इच्छुक युवाहरुले सहभागिता जनाउन सक्ने मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।

उनका अनुसार तालिममा ९० प्रतिशत माङसेबुङ गाउँपालिकाका प्रशिक्षार्थी रहने छन् भने १० प्रतिशत मञ्चबाट सिफारिस प्रशिक्षार्थीको सहभागी रहने छ ।साथै उनले मोबाइल पत्रकारिता आजको आवश्यकता रहेकोले यो तालिमको आयोजना गरिएको बताए ।

मोबाइल पत्रकारिताको क्रेज बढ्दो छ । यसले गर्दा समाचार सम्प्रेषणमा सहजता र छिटो हुने हुदाँ पनि यस्को महत्व बढिरहेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;