दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

 लिम्बुवान न्युज
                       

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो  ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा असार ७ देखि ९ गते सम्म सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई हाल दमक लगायत आसपासको क्षेत्रमा बसेर अध्ययन गरिरहेका विधार्थीहरु, माङसेबुङका पत्रकारिता क्षेत्रमा लागिरहेका व्यक्तिहरु तथा पत्रकारिता गर्न इच्छुक युवाहरुले सहभागिता जनाउन सक्ने मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।

उनका अनुसार तालिममा ९० प्रतिशत माङसेबुङ गाउँपालिकाका प्रशिक्षार्थी रहने छन् भने १० प्रतिशत मञ्चबाट सिफारिस प्रशिक्षार्थीको सहभागी रहने छ ।साथै उनले मोबाइल पत्रकारिता आजको आवश्यकता रहेकोले यो तालिमको आयोजना गरिएको बताए ।

मोबाइल पत्रकारिताको क्रेज बढ्दो छ । यसले गर्दा समाचार सम्प्रेषणमा सहजता र छिटो हुने हुदाँ पनि यस्को महत्व बढिरहेको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...