दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ९ असार । झापाको दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम  सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले मोबाइल जर्नालिजम समय, युग, प्रविधि, उपयोगिता सबै हिसाबले प्रभावकारी तालिम भएको बताए । ‘तालिम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाले लगानी गरेको छ । राज्यको तर्फबाट तपाईंमाथि केही न केही लगानी भएको छ । त्यसैले तपाईंले तालिममा सिकेका कुरा दैनिक जीवनमा उपयोग गर्न सक्नुहोला’, प्रवक्ता दाहालले भने ।

तीन दिने तालिममा माङसेबुङका विभिन्न वडाबाट १७ सहित ३० जना सहभागी थिए ।

सहभागीतर्फबाट प्रीति मगर र कमल कटुवालले तएएन दिने तालिममा मोबाइलमार्फत समाचार लेखन, आवाज र दृश्य रेकर्डिङ, सम्पादन कला सिक्न पाएको भन्दै यसले आफूहरुको दैनिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए । उनीहरु दुवै जनाले तालिमको लागि सहयोग गर्ने माङसेबुङ गाउँपालिका र आयोजक पत्रकार मञ्च दमकलाई धन्यवाद दिएका थिए ।


पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा सहजकर्ताहरु भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए भने पालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको सहभागिता थियो ।

समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो । मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन कार्यक्रम मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्वीरः हरप्रहरबाट

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...