पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भवन निर्माणकाे जग खन्ने काम सुरु

 लिम्बुवान न्युज
                       

विष्णुकुमार लिम्बु (सेसेहाङ)

फुङलिड्, १३ असार । तेह्रथुम जिल्लाको फेदाप गाउपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबन निर्माणको काम सुचारु भएको छ । पहिलो चरणमा फाउन्डेसन जग खन्ने काम भइरहेको छ ।

काठमाडौको मारुती बिल्डर्स कम्पनीले ठेक्का पारी काम सुरुवात गरेको हो । पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङ फेदाप अन्तर्गत बन्न लागेको संग्रहालयको शहरी बिकास मन्त्रालयबाट बहुबर्से बजेट विनियोजन भएको थियो ।

पोक्लाबाङ यक एक ऐतिहासिक तथा प्राचीन लिम्बुवानको राजधानी हो । यस यकलाई हाल १८ थरी आङबुङ, कुरुम्बाङ, सिंगक, निङ्लेकु/खु, पंयाङगु, सम्बाहाङफे, हुक्पाचोङबाङ, लुम्फुङवा, हुक्पा मादेम्बा, तुम्बाहाङफे, पंधाक, खापुङ, पाहिम, हाङस्रोङ, तेयुङ, पंगेनहाङ, चेलिफुङ, मुसाहाङ लगायतले आफ्नो माङगेन्ना यक समेत मान्ने गरेका छन् ।

पुर्व लिम्बुवान क्षेत्रकै ठुलो संग्रहालयको रूपमा बन्न लागेको यस संग्रहालयमा ऐतिहासिक तथा पुराना सामाङग्रीहरुको संकलन गर्ने, साँस्कृतिक रूपमा रहेका पुराना गर गहनाहरु संरक्षण गरेर राख्ने, पुराना ऐतिहासिक कागजातहरु संकलन गरेर सुरक्षित गर्ने, लिम्बुवान र गोर्खा युद्धकालिन हात हतियारहरुको संकलन गर्ने उदेश्यले उक्त संग्राहलय बन्न लागेको पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप समितीका महासचिव टेकबहादुर खापुङले बताउनु भयो ।

शहरी बिकास मन्त्रालयबाट आर्थिक बर्ष २०८०/०८१ को योजनाबाट रु ४ करोड बजेटको २४ प्रतिशत बिलोमा काठमाण्डौमा रहेको मारुती बिल्डर्सले ठेक्का पारी सम्झौता गरेको छ । १५ महिनाको कन्ट्र्याकमा यस संग्रहालयको निर्माण ९ महिनामा सम्पन्न गर्ने ठेकेदार सुवास मगरले बताएका छन । छ धुरे घर मुनी हल र माथिबाट संग्राहलय जहाँ याक्थुङ जाती लगायतकाे विभिन्न भेषभुषा, भाषा, संस्कृति झल्कीने सामाग्रीहरु राखिने समितीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो...

लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु "सेसेहाङ" बैबाहिक वन्धनमा बाँधिएका छन् । विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला...

आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ काे दमकमा विशेष प्रदर्शनी

दमक, २६ फाल्गुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले संयुक्त रूपमा चलचित्रको प्रर्दशन गरेको हो । दमकस्थित...

माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले...