आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङ्नाम, कर्णाली प्रदेशमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

  • लिम्बुवान खबर विशेषः

दमक, १ साउन । आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङनाम देशभरका विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार रमाइलो गरेर मनाउने चलन छ । विशेष गरेर साउने संक्रान्ति हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेतापनि किरात जातीहरुले पनि यसलाई सिसेक्पा तङ्नाम भनी आफ्नै परम्परामा चार्डको रुपमा मनाउने गरेका छन् ।

किरातीहरुले आफ्नो इष्टदेव अथवा तागेरा निङवाभु माङको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफुलहरु डोरीमा तुनेर ढोकामाथि झुण्डाउने परम्परा रहेको छ । यसो गरि लगाईको बाली नाली राम्रोहोस् अनि पछि पाकेपछि घरभित्र लगाउनु पाईयोस् भनेर पनि पुर्खाहरुले भन्ने गरेका छन् ।

विशेष गरेर नेपालको पूर्व लिम्बुवान र खम्बुवान किरात क्षेत्रमा संक्रान्तिको दिन एकविहानै खेतबारी वा नजिकको बनजंगलमा गई आवश्यक अन्न, फल,फुल र विभिन्न सांस्कर मानिने पातहरु संकलन गरेर ल्याउने गरिन्छ । त्यसपछि दिउँसो हरियो बाबियोको डोरीमा बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर राखिन्छ त्यसपछि सबै परिवार बसी विशेष आरधाना गर्ने परम्परा रहेको छ । त्यसपछि साँझमा घरमा भएका परम्परागत खानेकुराहरु पकाई खाने चलन छ भने पुरानो पम्परा भएकाहरुले विभिन्न परिकारका पुरानो शैलीकै खानपान खाएर पनि मनाउने चलन छ ।

साउने संक्रान्तिको दिन साँझ पख गाउँ घरतिर खानपान सकिएपछि आत्तीसबाजी गर्ने पहिलापहिला भने बन्दुक पड्काउने चलन थियो यद्यपी आजकल पनि पटका लगायत ठूलो आवाज आउने वस्तुहरु पढ्काउने चलन रहेको छ । त्यसैगरी घरमा भएको थाल, झ्याम्टा, नाङ्लो, ढोल लगायत ठूलो आवाज आउने वस्तुहरु बजाएर अनिकाल जा साहाकाल आईज भन्दै अध्यारो भएपछि कराउँदै बाटो बाटो कुद्ने परम्परा पनि छ भने सिस्नु पानीसँग लुतोपुतो जाँ भन्दै हानाहान गर्ने चलन पनि यदाकदा पाइन्छ ।

बुबाआमाको आज्ञा अनुसार घरभित्रका सबै नराम्रो तत्वहरु जाओस् भनेर खेद्ने परम्पारा रहेको छ । आजकल आउने सक्रान्ति देशविदेशमा रहेका नेपाली दाजुभाईहरुले आ आफ्नै परम्परा शैलीमा मनाउने गरेको खबरहरु पनि देख्न र सुन्न पाईन्छ ।

यसैगरी हिन्दुधर्मावलम्बीहरुले पनि स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश र्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । तर, यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणको जोखिमका कारण भिडभाड गर्न रोक लगाइएको छ ।

साउने संक्रान्तिको अवसरकिमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशका सबै जिल्लामा लागू हुने गरी आज एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

आज कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए । कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...