चीनको भु-रणनिती हिजो, आज र भोलि ?

,   लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

दक्षिण पूर्वी एसियाली राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिवसमा रहेको गरिबी, अशिक्षा, अन्धविश्वास र पछौटेपनको अन्त्य गर्न साझा रणनिती बनाई एकीकृत रुपमा लडन् तत्कालीन बंगलादेशका राष्ट्रपति जियाउर रहमानको परिकल्पना अनुसार दक्षिण एसियामा सन् 1980 को डिसेम्बर 7-8 मा एउटा साझा संघठन सार्क SAARC को जन्म भयो । सार्कको भावना यसमा आबद्ध सदस्य राष्ट्रहरूको सामूहिक आत्मा निर्भरताको अभिवृद्धि गर्दै आपसी सहयोगको आदान प्रदान गर्नु र साझा हितको लागि अन्तराष्ट्रिय मञ्चको विकास गर्नु हो ।

सार्क सदस्य राष्ट्रहरूका जनताको जीवन स्तरमा सुधार गर्दै सांस्कृतिक, भाषिक र धार्मिक एकताको माध्यमबाट पारस्परिक विश्वासको वातावरण वृध्दि गर्नु हो । सार्क राष्ट्रहरुको सामूहिक प्रयासबाट दक्षिण पूर्व एशियामा जरो गाडेर बसेको गरिबी, अशिक्षा, भोकमरी, अन्धविश्वास र दैवी प्रकोपको मारबाट पिल्सिएका जनताको उद्धार गर्नु नै यो क्षत्रिय संगठनको प्रमुख उद्देश्य रहेको छ ।

सार्कले आफ्नो स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप प्रभावकारी रुपमा काम गर्दै आइरहेको छ । सार्क राष्ट्रहरुको सान्ती स्थापनार्थ र आतङ्कवाद विरुद्ध यसको काम प्रभावकारी हुँदै आएको छ । सार्क सदस्य राष्ट्रहरू मध्ये भारत क्षेत्रफल, जनसङ्ख्या र प्रविधिको विकासको दृष्टिकोणले सबैभन्दा ठूलो, सक्षम र दर्बिलो छ । नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का अविकसित राष्ट्र हुन भने पाकिस्तान र माल्दिभ्स विकाससिल राष्ट्र र भारत विकसित राष्ट्र हो । भारतको ब्यापार, प्रविधि र विकासले अन्य सदस्य राष्ट्रको विकासलाई अभिप्रेरित गर्ने गर्दछ । भारत विश्व सक्ती राष्ट्रको रूपमा उदाएको र भारतको विकासको प्रभाव अन्य राष्ट्रहरूमा प्रत्यक्ष पर्ने हुन्छ।भारतको व्यापार र प्रविधिको विकासले दक्षिण पूर्वी एसियाली मुलुकहरु लाभान्वित भएका छन् । भारतसंगको व्यापारमा  अन्य सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश, मान्दिभस्, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानलाई भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक सरलता छ ।

दक्षिण पूर्व एसियामा सार्कको स्थापना कालदेखि नै उत्तरी राष्ट्र चीनलाई खटपट सुरु भएको थियो । सार्कको स्थापनाले दक्षिण पूर्वी एसियामा एकता र पारस्परिक हित अभिवृद्धि हुने देखिएर चीन अत्तालिएको थियो । चीन जसरी पनि सार्कको सदस्यता लिन सक्रिय रुपमा लागि पर्दथ्यो । तर त्यो संभव थिएन । बंगलादेशको राजधानी ढाकामा सन् २००५ मा आयोजना हुने सार्कको १३ औं सम्मेलनमा चीनलाई पर्यवेक्षक सदस्यको रुपमा सहभागी गराइएको थियो । चीन दक्षिण पूर्व एसियामा कुनै न कुनै बहानाबाजी वा रणनिती बनाएर प्रवेश गर्न चाहन्छ साथै चीन कुटनैतिक रुपमा भारत, भुटान र माल्दिभ्सलाई बाहिर राखेर नेपाल, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कालाई आफ्नो अनुकुल वातावरण बनाउँदै केही सामान्य आर्थिक लगानीको रणनिती मार्फत यि राष्ट्रहरूमा जनचेतना, गरिबी निवारण वा अन्य कुनै विकासे कार्यक्रमको बहानामा आफ्नो अर्थपूर्ण र सक्रिय उपस्थिति गराउन  चाहन्छ ।

सार्कमा आफ्नो उपस्थिति कसैगरी नहुने भए पछि चीनले उपरोक्त पाँच राष्ट्रहरूलाई समेटेर यही जुलाई ११ का दिन चीनको सिजुवान प्रान्तको चोङकिङ सहरमा दक्षिण पूर्वी एसियाली राष्ट्रका सरकार प्रमुख र राष्ट्रिय राजनीति दलका प्रमुखहरुलाई समेटेर एक भर्चुअल मिटिङ्ग मार्फत गरिबी उन्मूलन तथा सहकारी विकास केन्द्रको (China- south Asian countries poverty Alleviation and  cooperative Development Launching Ceremony) उदघाटन गरेको छ। उक्त भर्चुअल मिटिङमा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, अफगानिस्तान, भुटानका राजदुतहरु, सरकार प्रमुख र राष्ट्रिय दलका नेताहरुको प्रत्यक्ष वा परोक्ष सहभागिता रहेको थियो । नेपालको तर्फबाट चीनको लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको सहभागिता रहेको थियो ।

चीन विश्वमा उदाएको सक्ती राष्ट्र भारतबाट झस्किएर र भारतलाई अन्य छिमेकी राष्ट्रबाट अलग गरी आफ्नो सक्ती देखाउँदै कमजोर र गरिब राष्ट्रलाई झन गरिबीको दलदलमा फसाउदै अघि बढ्न खोजेको विश्लेषण गरिएको छ । चीनले नेपालमा दर्जनौं परियोजना मार्फत आफ्नो सक्रिय उपस्थिति देखाउन थालेको छ । नेपालको असक्षम परराष्ट्र नीति र दल अनुकुलको परराष्ट्र नीतिको परिपाटीले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा असक्षमता प्रष्ट्टिएको छ र यसैलाई चीनले मौका र अवसरको रूपमा लिएको बुझिएको छ ।

दक्षिणी छिमेकी देश भारत संगको सामान्य खटपटमा होहल्ला गर्ने र तिललाई पहाड देख्ने तर उत्तरी छिमेकीले सकुनी चाल चाल्दा सम्म नतमस्तक हुने नेपालका दल र सरकारले नेपालमा कम्युनिस्ट पार्टीको सिद्धान्त लादन चाहाने चिनीया उपस्थितिले नेपालको शान्ति भडकाउने त होइन ? भनी गम्भीर चासो राखिएको छ । देशका सबै राजनैतिक दल सहितको साझा राष्ट्रिय परराष्ट्र नीति जबसम्म अपनाइदैन तबसम्म नेपालको कुटनैतिक योजना असफल भै नै रहन्छ । नेपालले अपनाएको असम्लगता को सिद्धान्त अनुसार मित्रराष्ट्रबाट सिको सिकी अघि बढे सफलता हात लाग्नेछ नत्र अन्तराष्ट्रिय रण मैदान नबन्न के बेर ?

लेखकः संघीय लिम्बुवान मञ्चका उपमहासचिव हुन्

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;