निमार्णाधिन भवनको छतढलाईको टेको झिकेकोमा स्थानीय आन्दोलित

 लिम्बुवान न्युज
                       

कन्काई, ५ साउन। झापाको कनकाई नगरपालिका ७ मा निमार्णाधिन दुर्गापुर सामुदायिक तथा व्यावसायिक भवन निर्माण कार्यमा ठेकेदार कम्पनीले लापर्वाही गरेको छ । जेभी एण्ड सन्स कम्पनीले निर्माणमा लापवाही गर्दै भवनको ढलान भएको १० दिनभित्रै सेटिङकाे टेको हटाएपछि स्थानीय आन्दोलन बनेका हुन् ।

स्थानीय उपभोक्ताहरुले उक्त भवन जुनसुक्कै वेलापनि ढलेर ठुलो जनधनको क्षति हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ठेकेदार कम्पनीले समय नपुगि धमाधम ढलानको बाँसको टेका झिक्न थालेपछि स्थानीय युवाको अवरोध पछि ठेकेदार कम्पनीले बाँकी कोठाको भने ढलानको टेको नझिकेको स्थानीय युवा राजु अधिकारीले बताए । १६ कोठे उक्त भवनको २ वटा कोठाको भने ठेकेदार कम्पनीले १० दिनमै टेको झिकेर भवन कमशल बनाइदिएको स्थानीय युवा राजा आङथुपोले बताए ।

ठेकेदार कम्पनीले उक्त भवन निर्माणका लागि ५१ लाखमा ठेक्का पारेको आङथुपोले बताए । यसबारे ठेकेदार कम्पनीका प्रोपाइटर विवेक जबेगुसँग सम्पर्क राख्दा ओपिसि सिमेन्टले ढलान गरेको जुनसुक्कै भवन ७ देखि १० दिनमा टेको हटाउन मिल्ने बताए । स्थानीयको गुनासो आएपछि झिकेको बाँसमा समेत थप मजवुद फलामकै टेको पनि हालिदिएको छु ठेकेदारले भने । उनले आफुहरुलाई थप कामका लागि मजदुर राख्न नपाएकोले एउटा कोठाको मात्रै सटिङ १३ दिनमा हटाएको बताए ।

स्थानीय प्रेम सागर उप्रेती भने ठेकेदारले मान्छे राख्न पाएन भन्दैमा करौडौ रुपैँयामा बन्दैगरेको सार्वजनिक भवनको गुणस्तर बिर्गान नपाउने बताउँछन् । यद्यपी यसबारे कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमगाईसँग यस वारेमा जिज्ञासा राख्दा नियम अनुसार २१ दिनपछि मात्रै भवन ढलानको सटिङ झिक्न मिल्ने बताउँछन् ।

यता स्थानीय राजु अधिकारी भने आफुहरु स्थानीय सबै युवा मिलेर होहल्ला गरेपछि मात्रै ठेकेदारले बाकी कोठाको सटिङ नझिकेको बताएका छन ।
कनकाईकै पुरानो बजार मानिने दुर्गापुर बजारमा कनकाई नगरपालिकाको लगानीमा बन्न लागेको व्यावसायिक भवन प्रतिकोठा ३५ सय रुपैँयामा डेढ लाख देखि २ लाख सम्म धरौटी बुझाएर निर्माण नसकिदै भाडामा लागिसकेको स्थानीयको भनाई छ ।

मजदुरले ज्याला पाएनन्

उक्त भवन निर्माणमा खटिएका स्थानीय २ जना मजदुरले आफुहरुले २२ दिनको ज्याला नपाएको बताएका छन् । स्थानीय विवेक भुजेल र प्रकाश खनालले विहान देखि राती ६ बजेसम्म काम गरेको २२ दिनको हाजिरा आजसम्म नपाएको बताए । पुरानो ठेकेदारले काम छाडेर जाँदा नयाँले दिन्छु दिन्छु भनेर हालसम्म आलटाल गरिरहेको उनीहरुले दुखेसो पोखे । ईटा बोकेको पैसा पनि दिएनन् दिन्छु भनेका छन् अब हेरौ कहिले दिनेहुन बर्षदिन भइसक्यो दिएका छैनन भुजेलले भने ।

यता भवन निर्माण गरेको एक बर्षसम्म ठेकेदार कम्पनीकै जिम्मामा हुने कन्काई नगरपालिकाका इन्जिनियर हुमागाईँले बताएका छन् । स्थानीय युवा भने निर्माणको सुरुवातमै कमजोरी भएकोले कम्तीमा ३ बर्षसम्मको कागज ठेकेदार कम्पनीलाई गराएर मात्रै भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । (तस्वीरः कनकाइ अनलाइनखबर)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...