मौलिक पोशाक पेटानी जोगाउन तालिम दिईदै

 लिम्बुवान न्युज
                       

दमक, ८ साउन । नयाँ पुस्तासँगै आफ्नो जातीय परम्परागत मौलिक पोशाक संकटमा परेको भन्दै धिमाल जातीको पेटानी बुन्ने तालिम दिन थालिएको छ । संकटमा पर्दै गएको पेटानी बुन्ने तालिम धिमाल जाती विकास केन्द्रको अगुवाईमा धमाधम थालिएको हो ।

दमक १० स्थित सेतुमारीका बर्ष ३० की कमला धिमाललाई घिमाल महिलाले लगाउने परमम्परागत पोशाक पेटानी बन्न आउँदैन थियो । आफुमात्र होइन गाउँका धेरै नयाँ पुस्ताका महिलालाई पेटानी बुन्न जान्दैन थिए । यसरी घरमा बन्ने पेटानी बुन्न छाडेपछि पछिल्लो समय आवश्यक पेटानी बाहिरबाट आयात गर्नु परेपछि नयाँ पुस्ता समेत यस क्षेत्रमा आर्कषित भएको उनले बताइन् ।

धिमाल जातिय बिकास केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले एकपछि अर्को गर्दै नयाँ पुस्ताले पेटानी बुन्न छाडेपछि आफ्नो मौलिक पेशा नै संकट पर्न थालेको बताउँछन् । उनले मौलिक पोशाक संरक्षण गर्न यस्ता तालिम सञ्चालन गर्नुका साथै वजारीकरणमा पनि सहयोग पुरयाँउदै आएको बताए ।

कमला जस्तै सोही स्थानकी सरस्वती धिमाल समेत पेटानी लगायतका कपडा बुन्न आउदैनथ्यो । पछिल्लो समय नयाँ पुस्ता बिद्यालयमा अध्ययनका लागि स्कुल, कलेज जाने र उनीहरुले पेटानी बुन्ने काममा रुचि नदिदा यो पेशा संकटमा पर्दै गएको थियो ।

यस्तै घिमाल समुदायमा अन्य जातीको प्रभावले गर्दा नयाँ पुस्ताका महिलालाई घिमाल जातीको मौलिक भेषभुषा समेत बिर्सने अवस्थामा पुगेको केन्द्रका अध्यक्ष धिमालको भनाई छ । पछिल्लो पुस्ताले आफनो भाषा तथा मौलिक भेषभुषा समेत बिर्सदै गएका थिए ।

दमक नगरपालिकाले धिमाल जातीलाई प्रथम नागरिक घोषणा गरेको छ भने सामुदायिक स्कुलमा धिमाल भाषाको कक्षा समेत संचालनमा ल्याएको छ । यसले धमालजातीहरुमा मौलिकता तर्फ फर्कनमा थप मद्दत पुगेको आदिवासी जनजाति समन्वय समितिका पूर्व अध्यक्ष मोहन धिमाल बताउँछन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...