मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्‍योः लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

 लिम्बुवान न्युज
                       

काठमाडौं, १५ साउन। मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक आज (शुक्रबार) गरेको छ । नेपालकै सर्वाधिक पुरस्कार राशी भएको मदन पुरस्कार गुठीले गत वर्षभरि प्रकाशित २२२ पुस्तक मध्येबाट अन्तिम नौ पुस्तक चयन गरेको हो ।

अनुसन्धान कर्ता भगिराज इङ्नामका पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ इतिहास सम्बन्धी पुस्तकलाई मदनपुरस्कार गुठीले श्रेष्ठ सूचीमा राखेको छ ।

सो ऐतिहासिक दस्तावेजमा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजन गरेर लेखिएको छ ।

पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल राखिएको छ त्यसैगरी अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान–प्रदान भएका चिठी–पत्र समावेस छन ।

बिक्रम सम्वत १७१९ देखि २०२० सम्म राज्य पक्ष र लिम्बुवान बिच भएको सबै खालको सन्धी सम्झौता लगायतका महत्वपूर्ण दस्तावेजहरुलाई आधार मानेर यो पुस्तक लेखेका छन् । धरान निवासी इङनामले यस अघि पनि लिम्बु जातिमाथि खोज अनुसन्धान गरी पुस्तक लेखेका थिए । लिम्बुवानको इतिहासलाई थप अध्ययन र अनुसन्धान गर्नुका साथै हाल उठिरहेको लिम्बुवानको मुद्दालाई समेत यो पुस्तकले थप अध्ययन गर्न मद्दत पुग्ने लिम्बुवानका विश्लेषक सेसेमी सेनाल्बोले बताए । पुरस्कार छनौटमा पर्नु नै ठूलो कुरा भएको बताउँदै नाल्बोले अब लिम्बुवानको इतिहास पढ्न नेपालका एकात्मकवादी चिन्तनभएकाहरुलाई बाध्य पारेको समेत उनले जिकीर गरे ।

कोरोना भाइरसका कारण लकडाउनले तहसनहस भई साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताए पनि मदन पुरस्कार घोषणाले बजारमा साहित्यक माहोल फेरि तातिएको छ ।

पुरस्कार गुठीले नौवटा कृतिहरुमा लिम्बुको दस्तावेजसँगै गिरि श्रीस मगरको कवितासंग्रह एकलब्यको देब्रे हात, कृष्ण अविरलको उपन्यास करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, नृत्य निर्देशक भैरवबहादुर थापाले लेखेका नृत्याक्षर विज्ञान, प्रभा बरालको उपन्यास फिलिङ्गो, युवा सर्जक लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको पहिलो उपन्यास मोक्षभूमि र युवा लेखक तथा गायक जेन कुवरको रमिते उपन्यास छानिएका छन् ।

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कारको राशी अहिले चार लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यो पुरस्कार पाएको थियो ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;