चलचित्र विकास बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ६ असार । चलचित्र विकास बोर्डमा ६ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका दिएका छन् । संचार मन्त्रालय समन्वय शाखाले शनिबार ६ जनाको आवेदन परेको जनाएको छ । त्यसैगरी मन्त्रालयले आज आइतबारसम्म आवेदन दिन सक्ने जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल, निर्माता तथा अभिनेत्री सुस्मा कार्की लगायतले आवेदन दिएका छन् ।

आवेदन दिने अधिकांश आवेदक अध्यक्षका प्रत्यासीहरु सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन् । उनीहरुले शक्तिकेन्द्रसँग लबिङ गरिरहेको बताइएको छ ।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तिर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड राखेर अध्यक्षमा आवेदन दिन सुचना जारी गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...