दमकमा ३ दिने कौसी खेती तालिम सुरू

 लिम्बुवान न्युज
                       

दमक, १९ असार । दमक नगरपालिकाको वातावरण समितिको आयोजनामा आइतबारबाट ३ दिने कौसी खेती तालिम सुरु भएको छ ।
नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको वातावरण समिति संयोजक एवम् दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले बताए ।

तालिममा नगरका विभिन्न टोलहरुबाट सहभागी रहेका बताइएको छ । तालिम उद्घाटनमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंलगायतले बोलेका थिए ।

वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर तरकारी उत्पादन गर्दा घर परिवारका लागि तरकारी किन्न नपर्ने, विषाधिरहित तरकारी खान पाइने र घरको फोहर मैला व्यवस्थापनमा पनि मद्दत पुग्ने बताएका थिए । दमक नगरपालिकाको आर्थिक लगानीमा आयोजित ३ दिने तालिमलाई रामकुमार राईले सहजीकरण गर्दैछन् ।

सहभागीहरुलाई घरमै उत्पादन भएको फोहरबाट मल बनाउने र घरेलु विषादी तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...