झापामा परम्परागत काेदाेकाे रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न प्रवद्र्धन समिति गठन

 लिम्बुवान न्युज
                       


झापा, २० असार । परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै आयआर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ ।
प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे रहेका छन् । यसरी नै उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो ।
प्रवद्र्धन समितिको गठन प्रक्रिया झापाको चारआलीको चुम्लुङ भवनमा भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नुभन्दा अघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आयआर्जनको मूख्य थलो बन्ने कुराहरु प्रस्तुत भएको थियो ।
प्रवद्र्धन समितिका सदस्य सरस्वता सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १ को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताए ।
सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि बुद्धिजीवि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न ल्याइएको प्रतिवेदनमाथि आफ्नो सुझावसहितको विचार राखेका थिए ।
छलफल कार्यक्रममा बुद्धिजीवि आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ, अग्नीमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङ लगायतले कोदोको रक्सी र आयआर्जनका विषयमा आ–आफ्नो विचार राखेका थिए ।
प्रवद्र्धन समितिका प्रदेश १ का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरि परियोजना पास गरिएको जानकारी गराएका थिए ।
उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिकमन्त्री तथा कोदोको रक्सीका अभियान्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गाम लगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।
बृहत सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, ते¥हथुम, संखुवासभा लगायतको जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।
यसलाई उत्पादनमा जोड्नसके आर्थिक रुपमा मात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउँन सक्ने कुराहरु दर्शाएका थिए ।
यति बेला पहाडका पाखाहरु भने जस्तो मल, सिचाईं र बीउ नभएको हुँदा कोदो नासिदै गएको अवस्था छ ।
कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने संयोजक खजुमले जानकारी दिँदै खानाका लागि उत्तम र रक्सी निर्माणका लागि गुण उपयोगी भएको बताए ।
कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगली जडिबुटीहरुको पनि संरक्षण गरिनुपर्ने संयोजक खजुमले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...