दमकमा लिम्बू भाषामा आधारित नाटक “सिमिक्वा” मञ्चन हुने

 लिम्बुवान न्युज
                       


असार २५, चुलाचुली / चुलाचुली रंगमञ्च द्वारा प्रस्तुत नाटक “सिमिक्वा” असार २७ देखि असार ३० गते सम्म झापाको दमक स्थित दमक सभा गृहको पुर्व पट्टि “कदम थिएटर” को हलमा मञ्चन हुने भएको छ ।

लिम्बू समुदायको कथामा आधारित कथालाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने चेतन आङ्थुपो र विक्रम फागो वनेमले परिकल्पना तथा निर्देशन गरेका छन । करिब ४५ मिनेटको अनुमानित समय राखिएको यश नाटक प्रत्येक दिन बेलुका ४ः३० बजे देखि गरि जम्मा ४ दिन ४ वटा शो रहने आयोजकले जानकारी गराएको हो ।

यहि नाटक केही दिन अघि मात्र नेपाल बहुभाषिक नाट्य उत्सव– २०७९ मा समावेश भइ काठमाडौं स्थित कुञ्ज नाटकघरमा मञ्चन भएको थियो । जहाँ विभिन्न भाषाहरुलाई प्रतिनिधित्व गर्ने नेपाल भरिका जम्मा ७ वटा नाटकहरु मञ्चन भएको थियो ।

नाट्य रुपान्तरक लिङ्देन भन्छन,”लोककथा तथा मिथ भनेको चौबाटोमा उभिएको शालिक जस्तै होला। चौ–दिशातर्फ मुहारित मिक्लाजोङ पहाड जस्तै होला।‘ त्यसलाई हेर्ने धेरै कोणहरु, संकेतहरु, आँखाहरु हुन्छन्‘ बिशिस्टता नै बुझाईको फरकपन होला। निर्दिष्ट, निर्देसाङक पनी हो मिथ। सामुदायिक मिथक तथा सारतत्वमा आधारित नाट्यप्रस्तुती हो सिमि;क्वा। लोकमानसको प्रतिकात्मकता रुप के कस्तो रहन्छ त ? ‘ यसको सार प्रस्तुतीकरणमा सानो मेहनत गरेका छौँ। कला तथा नाट्यप्रेमीहरुमा सादर निम्तो भो। बाँकि सुधार, प्रेम, गालीको लागि यहि २७ गतेबाट हामी कदम थिएटरको नाट्यहलमा हुने छौँ। ”

“विश्व व्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी” भन्ने मुल नारा रहेको चुलाचुली रंगमञ्चले यसै बर्ष काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थान र डबली नाटकको संयुक्त आयोजनामा रहेको “बुद्ध थिएटर फेस्टिवल” मा “बुद्ध र भिखारी” नामक नाटक प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...