झापाली पत्रकार दिपीन राई सम्मानित

,   लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपीन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।
“हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक/प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् ।
ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन गर्दै रोटरीले पत्रकार राईलाई सम्मान गरेको जनाएको छ ।
कन्काई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष साथै रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव समेत रहेका कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् । सम्मानित पत्रकार छनौटकालागि रोटरी क्लवका तर्फबाट पुर्व अध्यक्ष कुमारमणि पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई साथै दाता परिवारका तर्फबाट रामप्रसाद निरौलासहित तीन सदस्यीय समितिले भुमिका खेलेको बताइएको छ ।

रोटरी एवम् रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको क्रमशः पाँचौं साथै तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा पत्रकार राईलाई दोसल्ला ओढाएर नगद १५ हजार एक सय सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रोटरीका निवर्तमान डिस्ट्रिक गभर्नर सन्तोष रिजाल, एजी निकिता गिरी, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाई, निवर्तमान अध्यक्ष सुशीलकुमार श्रेष्ठ, पुर्व अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायतले सम्मान गरेका हुन् । दाता परिवारका तर्फबाट टिकाराम एवं हेमकला निरौला, रामप्रसाद एवं शान्ता निरौला, सार्थक र समृद्धि निरौलासहित परिवारका सदस्य तारानिधि दवाडीले पत्रकार राईलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा पत्रकार राईका बिषयमा पुरस्कार दाताका तर्फबाट राम निरौलाले चर्चा गरेका थिए ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एजी निकिता गिरीसहित रोटरी साथै रोट्रयाक्ट क्लवका अन्य शाखाका अध्यक्ष साथै पदाधिकारीहरु, विभिन्न सामाजिक साथै स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । क्लवका प्रेसिडेन्ट इलेक्ट शिवकुमार कडेलले स्वागत गरेको कार्यक्रमको संचालन रोटरी र रोट्रयाक्ट क्लवका सचिवद्वय क्रमशः मेनुका उप्रेती र सारिका गिरीले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;