झापाली पत्रकार दिपीन राई सम्मानित

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपीन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।
“हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक/प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् ।
ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन गर्दै रोटरीले पत्रकार राईलाई सम्मान गरेको जनाएको छ ।
कन्काई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष साथै रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव समेत रहेका कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् । सम्मानित पत्रकार छनौटकालागि रोटरी क्लवका तर्फबाट पुर्व अध्यक्ष कुमारमणि पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई साथै दाता परिवारका तर्फबाट रामप्रसाद निरौलासहित तीन सदस्यीय समितिले भुमिका खेलेको बताइएको छ ।

रोटरी एवम् रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको क्रमशः पाँचौं साथै तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा पत्रकार राईलाई दोसल्ला ओढाएर नगद १५ हजार एक सय सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रोटरीका निवर्तमान डिस्ट्रिक गभर्नर सन्तोष रिजाल, एजी निकिता गिरी, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाई, निवर्तमान अध्यक्ष सुशीलकुमार श्रेष्ठ, पुर्व अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायतले सम्मान गरेका हुन् । दाता परिवारका तर्फबाट टिकाराम एवं हेमकला निरौला, रामप्रसाद एवं शान्ता निरौला, सार्थक र समृद्धि निरौलासहित परिवारका सदस्य तारानिधि दवाडीले पत्रकार राईलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा पत्रकार राईका बिषयमा पुरस्कार दाताका तर्फबाट राम निरौलाले चर्चा गरेका थिए ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एजी निकिता गिरीसहित रोटरी साथै रोट्रयाक्ट क्लवका अन्य शाखाका अध्यक्ष साथै पदाधिकारीहरु, विभिन्न सामाजिक साथै स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । क्लवका प्रेसिडेन्ट इलेक्ट शिवकुमार कडेलले स्वागत गरेको कार्यक्रमको संचालन रोटरी र रोट्रयाक्ट क्लवका सचिवद्वय क्रमशः मेनुका उप्रेती र सारिका गिरीले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...