“लिम्बुवान, किरात” नामाकरण गराउन आन्दोलनको घोषणाः साउन ५ गते विराटनगरमा जनप्रदर्शन

 लिम्बुवान न्युज
                       


इटहरी, २६ असार । १ नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ ।
आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिले साउन ५ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएको छ ।
समितिले विज्ञप्ति जारी गर्दै असार २७ गते मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रीहरु, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुख लगायतमा ज्ञापन पत्र बुझाउने, २८ देखि ३० गते सम्ममा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले किारत याक्थुङ चुम्लुङ जिल्ला समितिको समन्वयमा जिल्ला स्तरीय समिति गठन गर्ने, असार ३२ गते प्रदेश नं. १ को सबै जिल्लामा कोणसभा गर्ने । त्यसैगरी विज्ञप्तिमा अन्य थप आन्दोलन आवश्यकता अनुसार क्रमशः घोषणा गर्दै जाने बताइएकोे छ ।

पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष प्रेम मिभक, जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान उपाध्यक्ष जेन्टल लावती, मुख्य सचिव केदार धिमाल, लिम्बुवान प्रान्तका महासचिव दिलकुमार लावती, लगायत संयुक्त संघर्ष समितिका विभिन्न संगठनहरुका नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी संघर्ष समितिले राजनीतिक दलका उच्च नेतृत्वहरुसँग बहस गर्न राजनीति संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेम मिभक, अशोक चेम्जोङ, पदम अधिकारी र केदार धिमाल रहनुभएको छ । यसरी नै विराटनगरमा जनप्रदर्शनको लागि जनसहभागिता गराउन विभिन्न जातीय संस्थाहरु, दल, मजदुर, किसानलगायत समन्वय गर्न कियाचुले पहल गर्ने बताइएको छ ।
आन्दोलनलाई प्रचारप्रसार गर्न, सूचना सम्प्रेषण गर्न गराउनलाई प्रचारप्रसार उपसमिति समेत गठन भएको जनाएको छ । समितिमा दिलकुमार लावती, अजित धिमाल, भक्तशेर लिम्बु, फिपराज बेघा र डिल्लीश्वर मुसाहाङलाई जिम्मेवारी दिइएको छ ।
संघर्ष समितिमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोचा, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेकपा माओवादी केन्द्र किरात राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाती महासंघ प्रदेश समन्वय परिषद लागायत विभिन्न जातीय संगठन सहित ३१ वटा संगठनहरु रहेका छन् ।

कियाचू प्रदेश अध्यक्ष मधराज केरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कियाचू प्रदेश १ का मुख्य सचिव नरेन्द्र केरुङले गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...