दमक नगरमा गतिरोध अन्त्य: आर्थिक बर्ष ०७९/०८० को बजेट पारित
बुधबार, ११ साउन, २०७९ दिउँसोको ०४:४२ बजे,
लिम्बुवान न्युज
दमक नगरपालिकामा जारी गतिरोध अन्त्य भएको छ । सत्ता गठबन्धनबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसहित प्रतिपक्षी दल एमालेका जनप्रतिनिधिहरुबीच आपसी सहमति भएसँगै बुधबार दमक नगरपालिकाको ११ औं नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
बुधबार सम्पन्न नगर सभाको ५औं बैठकमा दमक नगरपालिकाको विनियोजन विधेयक २०७९ सहित आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ६३ करोड ४० लाख ४० हजार बराबरको बजेट पारित भएको हो ।
नगर सभाले सिटी रिक्सामा लगाइएको पूर्वाधार कर खारेज गरेको छ ।
त्यस्तै बैठकले गोपालकृष्ण संग्रौलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।
सभाले स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीका लागि १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गारउने, कर्मचारीको लागि नेपाल सरकारले बृद्धि गरे अनुसार तलब भत्ता उपलब्ध गराउनेमसेत निर्णय गरेको छ ।
त्यस्तै सभाले नगरपालिकामा चालु सुरक्षित आप्रवासन कार्यक्रम, गरिबी निवारणका लागि आयआर्जन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बुधबारको नगर सभाले सार्वजनिक संघसंस्थाको जमिन, भवन, घर नक्सापासलगायतमा लाग्ने मालपोत र अन्य कर मिनाहा गर्ने निर्णय गरेको छ ।
त्यस्तै दमक नगरपालिकाको नगर सभाले चालु विकास कार्यक्रम अन्तर्गत नगर कार्यपालिकाको निर्णयका आधारमा आवश्यकता अनुसार एउटा शीर्षकबाट एक वा बढी शीर्षकमा बढीमा २० प्रतिशत रकम रकमान्तर गर्न सक्ने निर्णय गरेको छ ।
दमक नगरपालिकाको ११औं नगरसभाको ५औं बैठकमा नगरप्रमुख थापा, उपप्रमुख भट्टराई र प्रमुख प्रशासकीय अधिकृत राई ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले नगरसभासमक्ष प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक २०७९ लाई नगर प्रमुख रामकुमार थापाले निणयार्थ पेश गरेका थिए । बजेट पारित गर्न सत्ता गठबन्धन र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकै स्वरमा हुन्छ भनी हात उठाएका थिए ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले नगर कार्यपालिकाका तर्फबाट अन्य प्रस्तावहरु पेश गरेका थिए ।
बजेट, नीति तथा कार्यक्रम पारितसँगै प्रमुख थापाले दमक नगरपालिकाको ११औं नगरसभा अन्त्य भएको घोषणा गरे ।
यसअघि गत असार १० गतेबाट सुरु भएको दमक नगरपालिकाको ११औं नगरसभाको बैठक सत्ता गठबन्धन दलहरु र प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुका बीचमा उत्पन्न असमझदारीका कारण असार २७, २९ र साउन ३ गते स्थागित गरिएको थियो ।
समाचार स्रोतका अनुसार नगर प्रमुख र उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुबीच पटक–पटकको छलफलपछि सहमति जुटाएर बुधबार नगरसभाबाट बजेट पारित गरिएको हो ।
नगरपालिकाको बजेट पारित नहुँदा नगर र वडाबाट दिइने सिफारिसलगायत विभिन्न निकासी कर र नगरपालिकाले लिने विभिन्न शीर्षकका करको कामसमेत अवरुद्ध भएको थियो ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...