दमक नगरमा गतिरोध अन्त्य: आर्थिक बर्ष ०७९/०८० को बजेट पारित

 लिम्बुवान न्युज
                       

दमक नगरपालिकामा जारी गतिरोध अन्त्य भएको छ । सत्ता गठबन्धनबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसहित प्रतिपक्षी दल एमालेका जनप्रतिनिधिहरुबीच आपसी सहमति भएसँगै बुधबार दमक नगरपालिकाको ११ औं नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार सम्पन्न नगर सभाको ५औं बैठकमा दमक नगरपालिकाको विनियोजन विधेयक २०७९ सहित आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ६३ करोड ४० लाख ४० हजार बराबरको बजेट पारित भएको हो ।

नगर सभाले सिटी रिक्सामा लगाइएको पूर्वाधार कर खारेज गरेको छ ।

त्यस्तै बैठकले गोपालकृष्ण संग्रौलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।

सभाले स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीका लागि १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गारउने, कर्मचारीको लागि नेपाल सरकारले बृद्धि गरे अनुसार तलब भत्ता उपलब्ध गराउनेमसेत निर्णय गरेको छ ।

त्यस्तै सभाले नगरपालिकामा चालु सुरक्षित आप्रवासन कार्यक्रम, गरिबी निवारणका लागि आयआर्जन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बुधबारको नगर सभाले सार्वजनिक संघसंस्थाको जमिन, भवन, घर नक्सापासलगायतमा लाग्ने मालपोत र अन्य कर मिनाहा गर्ने निर्णय गरेको छ ।

त्यस्तै दमक नगरपालिकाको नगर सभाले चालु विकास कार्यक्रम अन्तर्गत नगर कार्यपालिकाको निर्णयका आधारमा आवश्यकता अनुसार एउटा शीर्षकबाट एक वा बढी शीर्षकमा बढीमा २० प्रतिशत रकम रकमान्तर गर्न सक्ने निर्णय गरेको छ ।

दमक नगरपालिकाको ११औं नगरसभाको ५औं बैठकमा नगरप्रमुख थापा, उपप्रमुख भट्टराई र प्रमुख प्रशासकीय अधिकृत राई ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले नगरसभासमक्ष प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक २०७९ लाई नगर प्रमुख रामकुमार थापाले निणयार्थ पेश गरेका थिए । बजेट पारित गर्न सत्ता गठबन्धन र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकै स्वरमा हुन्छ भनी हात उठाएका थिए ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले नगर कार्यपालिकाका तर्फबाट अन्य प्रस्तावहरु पेश गरेका थिए ।
बजेट, नीति तथा कार्यक्रम पारितसँगै प्रमुख थापाले दमक नगरपालिकाको ११औं नगरसभा अन्त्य भएको घोषणा गरे ।

यसअघि गत असार १० गतेबाट सुरु भएको दमक नगरपालिकाको ११औं नगरसभाको बैठक सत्ता गठबन्धन दलहरु र प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुका बीचमा उत्पन्न असमझदारीका कारण असार २७, २९ र साउन ३ गते स्थागित गरिएको थियो ।

समाचार स्रोतका अनुसार नगर प्रमुख र उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुबीच पटक–पटकको छलफलपछि सहमति जुटाएर बुधबार नगरसभाबाट बजेट पारित गरिएको हो ।

नगरपालिकाको बजेट पारित नहुँदा नगर र वडाबाट दिइने सिफारिसलगायत विभिन्न निकासी कर र नगरपालिकाले लिने विभिन्न शीर्षकका करको कामसमेत अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...