मोरङमा बाङगाई कमाण्ड गठन

 लिम्बुवान न्युज
                       


पथरी, १५ साउन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले मोरङमा कमाण्ड गठन गरेको छ । मोरङको पथरीस्थित सिरिजंगा धार्मिक बनको परिसरमा शनिबार बाङगाई कमाण्ड अन्तर्गत पथरी फिल्ड कमाण्ड गठन गरेको हो ।

मञ्चका प्रान्तीय उपाध्यक्ष तथा एल.भी.का केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कमाण्ड गठन कार्यक्रमबाट चन्द्र लिम्बु र तारा गुरुङलाई फिल्ड कमाण्डरको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी १० जना प्राइमरी कमाण्डरहरुमा जच्च लिम्बु, अशिस महतो, नरेश राई, जीतेन राई, श्रुवहाङ राई, शन्दिप राई, धन बहादुर लिम्बु, विक्रम ठकुरी र पवन तामाङले जिम्मेवारी पाएका छन् ।

यसैगरी सेल कमाण्डरहरुमा सोनाम तामाङ, निशान माझी, विनोद मगर, वृखहाङ राई, रेशम राई, सुमन तामाङ र इन्सान धिमाललाई नियुक्त गरिएको एल.भी. केन्द्रीय सहकमाण्डर तथा प्रशिक्षण विभाग प्रमुख प्रान्तीय सचिवालय सदस्य गणेश मिभकले बताए ।

कार्यक्रम मञ्चका संघीय सदस्य शशी लिम्बु, एल.भी. उपकमाण्डर राजु लिम्बु, मेण्डल लिम्बु, मञ्चका माेरङ अर्थसचिव जित बहादुर लावती, पथरी नगरका अध्यक्ष छत्र कुरुम्फङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे सभाध्यक्ष एलभी केन्द्रीय उपकमाण्डर तथा वाङगाइ कमाण्डका कमाण्डर दिनेश खालिङ राइले गरेका थिए भने संचालन एलभी उपकमाण्डर राजु लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...