शहीद लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन

 लिम्बुवान न्युज
                       


दमक, २९ असार । पहिचान आन्दोलनका क्रममा राष्ट्रिय शहीद भएका पदम कुमार लिम्बु (सुक्वा) लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन भएको छ ।

विहिबार मोरङको बेलबारी ३ टुक्रे चोकस्थित किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिद्धारा संरक्षित धार्मिक वनमा शहिद लाजेहाङ सुक्वाबा स्मृति प्रतिष्ठान जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकुमारी लिम्बू, उपाध्यक्षमा क्रमशः डम्बर कुरुम्बाङ, देउमान पंधाक,सचिवमा विजय सिङ्जाङ्गो,सह–सचिवमा कृष्ण मेन्याङबो र कोषाध्यक्षमा राजेश हुक्पा चोङबाङ चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा क्रमशः पवित्र सुक्वाबा लिम्बू (शहिद परिवार), राजु चोङबाङ, अरुणा निङलेकु, रुकमिणि धिमाल, हरिराज खिम्दिङ र राज कुमार खुदाङ रहेको छ ।

यसरी नै दिलु लिङदेनको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरुमा क्रमशः बंम बहादुर मेन्याङबो, कुमार वोखिम, जोग बहादुर तुम्बाहाङफे, गोपाल बराइली, गणेश मिभक र गंगामान लिम्बू रहेको सल्लाहकार सदस्य मिभकले जनाएका छन् ।

बैठक जेष्ठ नागरिक बंम बहादुर मेन्याङबोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...