मञ्चले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्तामा सक्ने

 लिम्बुवान न्युज
                       

दमक/पत्रकार मञ्च दमक झापाले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्ताभित्र टुङ्ग्याउने भएको छ ।

मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले नयाँ सदस्यताका लागि माग भए बमोजिकका आवेदनमाथि आवश्यक छानबिन गरी सदस्यताका लागि सिफारिस गर्न मञ्चका सचिव उमानाथ भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

सदस्यहरुमा कार्य समिति सह–सचिव धनबहादुर थेबे र कार्य समिति सदस्य गंगामाया बेघा रहका छन् ।

समितिले परेका आवेदनमाथि आवश्यक छानबिन गरी शुक्रबारसम्ममा नयाँ सदस्यताका लागि सिफारिस गर्ने छन् ।

त्यस्तै सदस्यता नवीकरणका लागि समेत मञ्चले सदस्यहरुलाई आह्वान गर्ने निर्णय भएको मञ्चका उपाध्यक्ष गीता ढुङ्गानाले जानकारी दिइन् । ‘हामी संस्थाका आन्तरिक व्यवस्थापनका कार्यहरु सकेर छिट्टै १३ औँ वार्षिक साधारण सभाको तयारीमा लाग्छौं’, उनले भनिन् ।

मञ्च झापाकाे माइ पश्चिममा कृयासिल रहेका पत्रकारहरूकाे साझा संस्था हाे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...