माङसेबुङले विद्यावारिधी गरिरहेका दुईलाई जनही दुईलाख ५० हजारले गर्याे सम्मानित

,   लिम्बुवान न्युज
                       


दमक, १९ असार । इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकाले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ ।

सोमबार एक कार्यक्रम गरी माङसेबुङ गाउँपालिका भित्रका विद्यावारिधि (PHD) गर्दै गरेका माङसेबुङ २ निवासि मनोज कुमार लिम्बु र गोविन्द लिम्बु दुई जनालाई जनही २ लाख ५० हजार सहित सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष हेमन्त राईले विद्यावारिधी गरिरहेका दुईलाई सम्मान पत्र र चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष विनोद नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानको पनि उपस्थिति रहेको थियो ।

यसरी नै यस बर्षको एसईईमा उत्कृष्ट छात्र–छात्रा विद्यार्थीहरु, कक्षा ८ का उत्कृष्ट छात्र–छात्रा र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोल्ड मेडल ल्याउने गरी जम्मा १४ जना विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको पालिकाका प्रवक्ता सुसन राईले बताए ।

तस्वीरः सुसन राइ

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;