जसपा, नेपालले ८ कार्यकारी सहित २ सय पन्ध्र सदस्यीय समिति घाेषणा (लिस्ट सहित)

 लिम्बुवान न्युज
                       

दमक, २६ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ८ जना केन्द्रीय कार्यकारिणी सदस्य (९ पदाधिकारी) र २०६ जना केन्द्रीय सदस्य सहित २१५ जनाकाे समिति घाेषणा गरेका छन् ।

गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गरिएको जसपा नेपालको राष्ट्रिय महाधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष भएका थिए भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु छान्ने जिम्मा पनि यादवलाई नै दिएको थियो ।

अध्यक्ष यादवले पार्टीको महाधिवेशन सकिएको करिब एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु छानेका हुन् ।

यद्यपि केन्द्रीय कार्यकारिणी सदस्य नै पदाधिकारी रहने व्यवस्था भए पनि को कुन पदमा छानिएको भन्ने कुरा हाल सार्वजनिक गरिएको छैन ।

अशोक राईको नेतृत्वमा जसपा नेपालबाट पार्टी विभाजन भएर जनता समाजवादी पार्टी बनेको समयमा यादवले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाएका हुन् ।

लिस्ट हेर्नुहाेस्

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...