जसपा, नेपालले ८ कार्यकारी सहित २ सय पन्ध्र सदस्यीय समिति घाेषणा (लिस्ट सहित)

,   लिम्बुवान न्युज
                       

दमक, २६ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ८ जना केन्द्रीय कार्यकारिणी सदस्य (९ पदाधिकारी) र २०६ जना केन्द्रीय सदस्य सहित २१५ जनाकाे समिति घाेषणा गरेका छन् ।

गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गरिएको जसपा नेपालको राष्ट्रिय महाधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष भएका थिए भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु छान्ने जिम्मा पनि यादवलाई नै दिएको थियो ।

अध्यक्ष यादवले पार्टीको महाधिवेशन सकिएको करिब एक महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु छानेका हुन् ।

यद्यपि केन्द्रीय कार्यकारिणी सदस्य नै पदाधिकारी रहने व्यवस्था भए पनि को कुन पदमा छानिएको भन्ने कुरा हाल सार्वजनिक गरिएको छैन ।

अशोक राईको नेतृत्वमा जसपा नेपालबाट पार्टी विभाजन भएर जनता समाजवादी पार्टी बनेको समयमा यादवले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाएका हुन् ।

लिस्ट हेर्नुहाेस्

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;