तेह्रथुममा मुख्यमन्त्री कार्की विरुद्ध पहिचानवादीको विरोध प्रदर्शन

,   लिम्बुवान न्युज
                       

दमक, २७ असार । पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्।

पहिचानका लागि यूवा साथै फोर्सका तेह्रथुम जिल्ला संयोजक धनेन्द्र सुब्बाले प्रदेशको नाम कोशी प्रदेश नामाकरणमा मुख्य भूमिकामा रहेका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउदै विरोध प्रदर्शन गरेको बताए ।

तत्कालीन अवस्थामा पहिचानवादीको विपक्षमा मुख्यमन्त्री कार्कीले पहिचान नामेट गरी कोशी नाम राखेको आरोप उनीहरूको छ । कार्की प्रदेशको पहिलोपटक मुख्यमन्त्री बनेको बेलामा प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी नामाकरण भएको थियो ।

प्रदेश नामाकरणविरुद्धमा पहिचानवादीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । प्रदेश नामाकरणविरुद्ध आन्दोलनका क्रममा २०७९ चैत्र ५ गते घाइते भएका पदम लाजेहाङका चैत्र १० गते मृत्यु भएको थियो । सरकारले लाजेहाङ्लाई राष्ट्रिय सहीद घोषणा गरेको छ ।

मुख्यमन्त्री केदार कार्की रहँदा पहिचानवादी पक्षसँग दुई चरणमा वार्तासमेत भएको थियो । यद्यपी वार्तामा भएका सहमतिहरु हालसम्म पनि कार्यान्वयन नभएको, इलाम कारागारमा थुनामा रहेका आशिष साम्बा हालसम्म पनि रिहाई नभएको पहिचानवादी पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;