प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

,   लिम्बुवान न्युज
                       

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सँगै २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका थिए ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलसहित २२ जनाले शपथ ग्रहण गरेका थिए ।

यसैगरी पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, रमेश लेखक गृहमन्त्री, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, डा. आरजु राणा परराष्ट्र मन्त्री, प्रदीप यादव खानेपानी मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्र ।

यसरी नै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री, नवलकिसोर साह सुढी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री, अजयकुमार चौरसिया कानून मन्त्री, न्याय तथा संसदीय मामिला मन्त्री, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रीकाे जिम्मेवारी पाएका छन्र ।

विद्या भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, मानवीर राई रक्षा मन्त्री, दिपक खड्का उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र ऐन बहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री बनेका छन् ।

नेपाली कांग्रेस १० जना, नेकपा एमाले ८ जना, जनता समाजवादी पार्टी २ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लेसापा)बाट १ मन्त्रीले सपथ लिई आजैबाट पदभार ग्रहण गरेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;