एलपी जाेशीकाे निधनमा दमकमा शाेक विदा

 लिम्बुवान न्युज
                       

दमक, १४ साउन । झापाको दमक नगरपालिकाले वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशी (एलपी) जोशीको निधनमा आज आधा दिन स्थानीय शोक विदाँ दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना निकालेर स्व. जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजे पश्चात दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पताल बाहेक) शोक बिदा दिईएको जनाएका छन् ।

शोक विज्ञप्तिमा स्व. जोशीले गीतसंगीत,साहित्य ,खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिंगो क्षेत्रमा पुरयाँएको योगदान स्मरणीय रहने उल्लेख छ ।

दमक १ निवासी स्व. जोशीको ८८ वर्षको उमेरमा १० साउनमा निधन भएको थियो । उनको पार्थिव शरीरको आज दिउँसो जिल्लाको कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । विशेषगरि निकै चर्चामा रहेको लोकगीत ‘रिटिङ रिटिङ नबजाऊ विनायो, ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो’ भनेर हौ रानाज्यु लगायतका गीतहरुले उनलाई चिनाएको थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरुबाट सम्मानित स्रष्टा दमकका गौरव एवम् नेपाली लोकगीत संगीत क्षेत्रका एक हस्ती मानिन्थे ।

स्व. जोशीका श्रीमती विन्दा ,छोरा पूजनको निधन भईसकेको छ भने हाल छोरा मिलनसहित बुहारी,नातिनातिनीहरुसंग बस्दैआएका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दमक नगरपालिका परिषरमा राखिएको छ ।

श्रद्धाञ्जली दिन नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई लगायतका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल,सामाजिक संघसंस्था, कलाकर्मीहरु, साहित्यअनुरागी तथा सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...