एलपी जाेशीकाे निधनमा दमकमा शाेक विदा

 लिम्बुवान न्युज
                       

दमक, १४ साउन । झापाको दमक नगरपालिकाले वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशी (एलपी) जोशीको निधनमा आज आधा दिन स्थानीय शोक विदाँ दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना निकालेर स्व. जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजे पश्चात दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पताल बाहेक) शोक बिदा दिईएको जनाएका छन् ।

शोक विज्ञप्तिमा स्व. जोशीले गीतसंगीत,साहित्य ,खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिंगो क्षेत्रमा पुरयाँएको योगदान स्मरणीय रहने उल्लेख छ ।

दमक १ निवासी स्व. जोशीको ८८ वर्षको उमेरमा १० साउनमा निधन भएको थियो । उनको पार्थिव शरीरको आज दिउँसो जिल्लाको कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । विशेषगरि निकै चर्चामा रहेको लोकगीत ‘रिटिङ रिटिङ नबजाऊ विनायो, ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो’ भनेर हौ रानाज्यु लगायतका गीतहरुले उनलाई चिनाएको थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरुबाट सम्मानित स्रष्टा दमकका गौरव एवम् नेपाली लोकगीत संगीत क्षेत्रका एक हस्ती मानिन्थे ।

स्व. जोशीका श्रीमती विन्दा ,छोरा पूजनको निधन भईसकेको छ भने हाल छोरा मिलनसहित बुहारी,नातिनातिनीहरुसंग बस्दैआएका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दमक नगरपालिका परिषरमा राखिएको छ ।

श्रद्धाञ्जली दिन नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई लगायतका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल,सामाजिक संघसंस्था, कलाकर्मीहरु, साहित्यअनुरागी तथा सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...