चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी हुँदै

,   लिम्बुवान न्युज
                       

ललितपुर, १५ साउन । किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । ‘आदिवासी प्रतिरोध, भविष्य अनि मुक्कुम्लुङ’ शिर्षकमा आयोजित उक्त प्रदर्शनीमा सहभागी हुन खुला आव्हान गरिएको छ ।

प्रदर्शनीमा सहभागी हुन आगामी भदौ ४ गतेभित्र चित्रकला, अडियो, भिडियो, प्रदर्शन कला, अनि संस्थापन कलामार्फत आदिवासी आन्दोलन, प्रतिरोध अनि आदिवासी भविष्यसम्बन्धी आफ्नो कलाकृति पठाइसक्नु पर्ने चुम्लुङले जनाएको छ । चुम्लुङको ‘आजको नेपाल भित्रका आदिवासी भूमिहरुसँग पुर्ख्यौली नाता राख्ने सबै आदिवासी कलाकारहरुको आफ्नो कलाकृति पठाउन आव्हान’मा मुक्कुम्लुङ आन्दोलन अनि संघर्षसम्बन्धी कामलाई प्राथमिकता दिइने उल्लेख छ ।

प्रदर्शनीको समन्वयकर्ता मध्येका एक किरण सिगुका अनुसार उपलब्ध कलाकृतिमध्येबाट छनोटमा परेकालाई ललितपुरको ढोलाहिटीस्थित चुम्लुङ हिममा भदौ १५ देखि १७ गतेसम्म हुने कार्यक्रममा प्रदर्शनी गरिनेछ । ती कलाकृतिहरु अवलोकनकर्ताहरुले खरीद पनि गर्न सक्ने उनले बताए ।

चुम्लुङसँगको सहकार्यमा याक्थुङ चो सङगजुम्भोको वार्षिक कार्यक्रमअनुसार कला प्रदर्शनी आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;