माओवादीले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ साउन । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएको बताए । त्यहीकारण अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी प्रवक्ता सापकोटाले दिए । त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठकले पुनर्जागरण अभियानको खाकालाई अन्तिम रुप दिने उनले बताएका छन् ।

गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पु¥याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष माओवादीले निकालेको छ । बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय समेत गरेको जनाएको छ ।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिको मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...