माओवादीले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने

,   लिम्बुवान न्युज
                       


ललितपुर, १५ साउन । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएको बताए । त्यहीकारण अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी प्रवक्ता सापकोटाले दिए । त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठकले पुनर्जागरण अभियानको खाकालाई अन्तिम रुप दिने उनले बताएका छन् ।

गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पु¥याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष माओवादीले निकालेको छ । बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय समेत गरेको जनाएको छ ।

त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिको मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;