सरकारद्वारा १८ देशमा नयाँ राजदूत सिफारिस

 लिम्बुवान न्युज
                       


ललितपुर, १६ साउन । नेपाल सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता हुन भनेको छ ।

समावेशी सामाुनपातिक प्रतिनिधित्व नभएको भन्दै दलित संसद तथा अधिकारकर्मीहरुले राजदूत सिफारिसको विरोध गरेका छन् ।

हेर्नुहोस् कुन–कुन देशको राजदूतमा को को भए सिफारिस ?

१. डा. शंकरप्रसाद शर्मा – भारत
२. कान्ता रिजाल –अष्ट्रेलिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

सम्बन्धित समाचार

प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाे संयाेजकमा डकेन्द्र सिंह थेगिमलाई पुनः जिम्मेवारी

दमक, १३ चैत्र । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः नामकरण संयुक्त सघर्ष समिति धर्म निरपेक्षतासहितको संघीय गणतन्त्रको रक्षा र विकासको पक्षमा उभिने निर्णय गरेको छ...

सुगुप चलचित्र दुबईमा प्रिमियर शाे हुने

दमक, ५ चैत्र । लोकेन साँबाको निर्देशन रहेको लिम्बु कथामा रहेकाे चलचित्र ‘सुगुप’ दुबईमा ‘प्रिमियर शो’ हुने भएको छ । आगमी मार्च ३० मा चलचित्र ‘सुगुप’ दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा...

पूर्वपञ्चको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद

ललितपुर, ५ चैत्र । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गर्नु हास्यास्पद भएको तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद, नेपालले जनाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा पूर्वपञ्चको नेतृत्वमा आन्दोलन घोषणा गर्नु हास्यास्पद...

ताप्लेजुङस्थित मुकुम्लुङ विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र

ललितपुर, ५ चैत्र । ताप्लेजुङस्थित मुकुम्लुङ (पाथिभरा) विवाद समाधानका लागि कास्की जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपि ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, कास्कीका अध्यक्ष विजेन्द्र चौधरीको नेतृत्वमा विभिन्न १५ जातिय प्रतिनिधित्वकाे...