तेल उत्पादनमा रुसले उछिन्यो साउदीलाई, अरब देशहरु संकटमा

,   लिम्बुवान खबर
                       

मस्को (एजेन्सी)। मार्च महिनादेखि साउदी अरब र रुसबीच तेलको मूल्यलाई लिएर विवाद भएको थियो । साउदी अरब रुसले तेल कम उत्पादन गरोस भन्ने चाहान्छ किनकी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहेको छ । घट्दो मूल्य नियन्त्रण गर्न साउदीले रुसलाई तेल उत्पादनमा कटौती गर्न भनेको थियो । तर, रुसले साउदीको प्रस्ताव अस्वीकार गरयो ।

रुसले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रिसको झोंकमा साउदीले पनि आफ्नो तेल उत्पादन बढाउने निर्णय गरेर तेलको मूल्यमा छुट दिने पनि बतायो । जब पुरा संसार कोरोनाका कारण ठप्प भएको थियो, साउदीले यस्तो बेला यो निर्णय लिएको हो । दुबै देशहरु एकअर्कामाथि तेलको मूल्य घट्नुमा आरोप प्रत्यारोप गरिरहँदा रुसको सरकारी टेलिभिजनले आफ्नो मुद्रा रुबेलमा आएको गिरावटको कारण साउदी भएको आरोप थियो ।

उता साउदीले पनि अप्रिलमा साउदीको तल कम्पनी अरामकोले हरेक दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्ने निर्णय गर्यो । यो रुससँग भएको सम्झौताको तुलनामा २६ प्रतिशत धेरै उत्पादन थियो । साउदीलाई लागेको थियो, रुससँगको मूल्य युद्धमा आफ्नो जित हुनेछ ।

तर, गएका तीन वर्षहरुमा संसारमा तेलको दुई महत्वपूर्ण परिवर्तनहरु भएका छन् । र यसको प्रभाव व्यापक परेको छ । पहिलो परिवर्तन, अमेरिकामा तेलको उत्पादन बढेको, यो उत्पादन यति बढेको छ कि अमेरिका सबै भन्दा ठूलो तेल आयतकर्ताबाट संसारको महत्वपूर्ण तेल निर्यातक देश बनेको छ ।

दोस्रो तेलको मूल्य स्थिर राख्नका लागि रुस र साउदी अरबबीचको सहयोग । अमेरिका, रूस र साउदी अरब दुनियाका तीन सबैभन्दा ठूला तेल उत्पादक देश हुन् । पहलो नम्बरमा अमेरिका छ, र दोस्रो नम्बरका लागि रूस र साउदीका बिच प्रतिद्वंद्विता चलिरहन्छ । रूस र साउदी अरबबीचको सहयोग हालका दिनहरुमा नराम्रोसँग प्रभावित भएको देखिएको छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेकमा साउदीका दबदबा सबैभन्दा धेरै छ । मार्च महिनामा साउदी अरबले ओपेकको माध्यमबाट कोरोनका कारण तेलको मागमा आएको ठूलो कमीको कारण तेल उत्पानमा कटौती गर्ने प्रस्ताव राखेको थियो ।

रूस ओपेकको सदस्य होइन त्यसैले उसले साउदीको यो प्रस्ताव मान्न अस्वीकार गर्यो । यसपछि यी दुई देशबीच तेलको मूल्यलाई लिएर मूल्य विवाद शुरु भएको हो।
अमेरिकाको शेल ओयल साउदी र रूस दुबैका लागि चुनौती हो । तर शेल ओयलका उत्पादन महंगो हुन्छ । शेल ओयलको उत्पादनका कारण नै अमेरिका दुनियाँको सबैभन्दा ठूलो तेल आयातकबाट सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको छ।

शेल ओयल र ग्यास उत्पादन महंगो भएकाले रूसलाई लाग्छ कि उसको बाजÞारमा कसैले चुनौती दिन सक्दैन । पारम्पारिक कच्चा तेलको तुलनामा (जो रूस र साउदी अरबमा छ) शेल ओयल चट्टानहरुको बिचबाट निकालिन्छ।

पारम्पारिक कच्चा तेल ६० फिटको गहराईबाट निकालिन्छ । जबकि शेल ओयलको उत्पादन जटिल हुन्छ । २०१८ मा अमेरिका साउदी अरबलाई उछिनेर दुनियाँको सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको थियो । अमेरिकाको यस उभारको असर पनि साउदी र रूसको तेल बजारमा पर्यो ।

कोरोनाको महामारी शुरु भएपछि तेलको माँगमा निकै गिरावट आयो । यस गिरावटलाई हेरेर साउदी अरब र रूसलाई ओपेक र ओपेक प्लसमा तेल उत्पादनलाई लिएर ठूलो कटौतीमा सहमति बनाउनु पर्यो । अमेरिकाले पनि आफ्नो उत्पादनमा हरेक दिन २० लाख ब्यारेल कटौती गर्नुपर्यो । तर अमेरिका र रूसको तेल उत्पादनको निर्यात कम भए पनि त्यति फरक पर्दैन जति साउदी अरबलाई पर्छ । साउदी अरबको अर्थव्यवस्था तेलमा निर्भर छ र तेलको बजार जब प्रभावित हुन्छ उसको दबदबा हल्लिन्छ र भविष्यलाई लिएर चिन्ता हुन्छ ।

साउदीको तेल उत्पादन र निर्यातलाई रूसका साथै अमेरिकाबाट कडा चुनौती दिइएको छ । पहिला अमेरिकाले साउदीलाई तेल उत्पादनको मामिलामा दोस्रो स्थानमा धकेलियो र अब रूसले साउदीलाई तेस्रोे स्थानमा पुर्याइदिएको छ । जोइन्छ अर्गनाइजÞेशन डेटा इनिशिएटिभ (जेओडीआई) का अनुसार रूसले जून महिनामा तेल उत्पादनको मामिलामा साउदी अरबलाई तेस्रो स्थानमा पुर्याइदिएको छ ।

यसका साथै रूस अमेरिकापछि तेल उत्पादनको मामिलामा दुनियाको दोस्रो सबैभन्दा देश बनेको छ । जेओडीआईका अनुसार जून महिनामा रूसको तेल उत्पादन हरेक दिन ८.७८८ मिलियन ब्यारेल रह्यो जबकि साउदी अरबको मात्र ७.५ मिलियन ब्यारेल रहयो ।

जूनमा अमेरिका तेल उत्पादनको मामिलामा शीर्ष स्थानमा रह्यो । जेओडीआईका अनुसार जून महिनामा अमेरिकामा तेलको उत्पादन १०.८७९ मिलियन ब्यारेल प्रति दिन रह्यो । साउदी अरबको तेल निर्यातमा पनि लगातार कमी आइरहेको छ । जून महिनामा साउदीको तेल निर्यात हरेक दिन ५० लाख ब्यारेलबाट तल आयो । जेओडीआईका अनुसार मे महिनाको तुलनामा जूनमा उसको तेल निर्यातमा १७.३ प्रतशित गिरावट आएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;