जन्तेढुंगा गाउँपालिकाले लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ । ६ वटा वडापालिका रहेको जन्तेढुंगामा साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो ।

किरात समुदायको बाहुल्यता रहेको एवं पुरापूर्व कालदेखि प्रयोग हुँदै आएको किरात लिपिको संरक्षण एवं संवद्र्धनका लागि गाउँपालिकाको लेटरहेडमा किरात लिपि प्रयोग सुरु गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाको गत असार २७ गतेको पालिकाको बैठकले साउन १ गतेदेखि लागु हुनेगरी गाउँपालिका तथा गाउँपालिका मातहतका कार्यालयको लेटरहेडमा गाउँपालिकाको नाम किरात लिपिमा समेत उल्लेख गर्ने निर्णय गरेको थियो । हालका लागि गाउँपालिका र ६ वटा वडाकार्यालयमा गाउँपालिकाको नाम नेपाली भाषासँगै किरात लिपिमा लेखिएको लेटरहेड प्रयोगमा ल्याइएको छ । ‘गाउँपालिकाको लेटरहेडमा नेपाली भाषामा जे लेखिएको छ, त्यसैलाई ट्रान्सलेट गरेर किरात लिपिमा राखिएको छ,’ पालिकाले जनाएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाले गत वर्षदेखि नै आफ्नो लेटरहेडमा चाम्लिङ राई भाषा प्रयोगमा ल्याइसकेको छ । यस्तै, वाम्बुले राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिइएको छ । बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले तथा च्यास्मीटारको लेटरहेडमा तिलुङ भाषालाई प्रयोगमा ल्याइएको मेयर इवन राईले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...