लिम्बुवान मञ्चद्वारा मोरङमा क्रियासिल सदस्य फाराम वितरण शुरु

 लिम्बुवान न्युज
                       

पथरी, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफू मातहतको प्रान्तीय मञ्चहरुमा क्रियासिल सदस्यता फाराम वितरणलाई तिब्रता दिएको छ । मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले आज बुधबारदेखि मोरङ् जिल्लाबाट सदस्यता फाराम वितरण शुरु गरेको जनाएको छ ।

मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीका अनुसार जिल्लामा पहिलो चरण ५ हजार क्रियासिल सदस्यता कार्ड वितरण गर्ने बताइन् । संघीय मञ्चको आगामी महाधिवेशनलाई लक्षित गर्दै अबको डेढ महिना भित्र क्रियासिल वितरण सम्पन्न गर्दै सबै स्थानीय पालिकाहरु र जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी भईरहेको छ- भनिन् ।

कोरोना महामारीले काम गर्न गाह्रो भएको हुँदा आज मोरङको रतुवामाई, उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ्, बेलबारी, सुन्दर हरैचा, केराबारी र कानेपोखरी गाउँपालिकामा एकैदिन क्रियासिल सदस्यता वितरणको लागि पालिकाहरुलाई फाराम वितरण गरिएको जिल्ला इन्चार्ज पार्टीका उपमहासचिव दिल कुमार लावतीले बताए ।

क्रियासिल सस्यता वितरण कार्यदलका सदस्य समेत रहेका लावतीका अनुसार लिम्बुवान मञ्च अन्तर्गतका नौ वटा जिल्लाहरुमा करिब ५० हजार क्रियासिल कार्ड बनाउने लक्ष्यका साथ लिम्बुवान अघि बढेको बताए । पहिचान र संघीयताको आन्दोलनलाई विगत १६ बर्षदेखि निरन्तर हाकिरहेको मञ्च तथा मातहतको लिम्बुवानले आफ्नो अस्तित्व रक्षा र पहिचानक्रान्ती सफल बनाउन नेपाल सरकार निर्वाचन आयोगको ऐनलाई टेकेर क्रियासिल सदस्यता वितरण एवं महाधिवेशनसम्मको तयारीलाई तिब्र रुपमा अघि बढाईएको हो– मञ्चका संचार प्रमुख समेत रहेका लावतीले बताए ।

वर्तमान अवस्थामा ठूला राजनीतिक दलहरु भ्रष्टचार, कुर्सी र शक्तिमा मात्र केन्द्रित भई नेपालको संघीयतालाई नै समाप्त पार्ने दिशातर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै मञ्चले संघीयताको मुद्दालाई संस्थागत गरेर अघि बढ्ने प्रतिबद्धताका साथ अघि बढेको नेता लावतीले बताए ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...