
काठमाडौं । विज्ञापन बोर्डबाट लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गर्ने बताएकोछ ।
शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ ।
बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ । छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मण कुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाश तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए ।
सम्बन्धी सबै जिल्ला हुलाक मार्फत लोक कल्याणकारी विज्ञापनको प्रकाशन, प्रशारण तथा भुक्तानी समेत दिने गरी कार्यविधि बनेको हुँदा जिल्ला स्तरमा एक सिफारिस तथा अनुगमन समिति बनाईने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति हेर्नुहोस्ः
