माननीय रेशम चौधरी लगायत राजबन्दीहरुको रिहाईको माग गर्दै मोर्चाले ३ दिन थारु प्रदर्शन गर्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार मोर्चाले विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गरेको हो ।

सबै जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनालाई राजनीतिक तवरले समाधान नगरी आपराधिक करार गरेर निर्दोश थारुहरुलाई अपराधी ठहराउन नमिल्ने मोर्चाको ठहर छ ।

टिकापुरमा थारुहट प्रदेश माग राख्दै ३० हजार जनमासको विशाल आमसभामा षडयन्त्रपूर्ण ढंगबाट सभालाई विथोल्दै मोर्चाको कार्यक्रमलाई विथोल्ने तत्वहरुको उचित छानविन गर्न मोर्चाले सरकारसँग माग गरेको छ । टीकापुर विद्रोहलाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने मोर्चाको माग छ । लोकतान्त्रिक मुल्य र मान्यतालाई पालना गर्दै आफ्नो पहिचानको लागि प्रदेशको नामाकरण थरुहट भनेर राख्न गरिएको जनसभामा घुसपैठ गरी थारु आन्दोलनलाई निस्तेज गर्ने षडयन्त्र गर्दै निर्दोस नागरिक हत्या गरी थारुहरुलाई हत्यारा दर्ज गर्ने प्रपञ्चकारीहरुलाई राज्यले शरण दिएको थारु अगुवाहरुको निश्कर्ष रहेको छ ।

मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘टीकापुर जनविद्रोह केवल टीकापुर र थारुहरुको मात्र विद्रोह नभई सबै किसिमको शोषण, उत्पीडित र समानताको माग यस जोडिएको हुँदा राज्य पुनर्संरचना र संघीय सीमांकनको अपुरो कार्यलाई पूर्णता दिने पेचिलो राजनीतिक मुद्दा हो । त्यसैले टीकापुर घटनाका राजबन्दीहरु सिंगो देशलाई लोकतान्त्रीकरण गर्ने कार्यभार बोकेका आस्थाका बन्दीहरु हुन् ।’’

थारु विद्रोहका क्रममा पक्राउ परेका माननीय रेशम चौधरी लगायत राजबन्दीको रिहाइ लगायतका माग राख्दै मोर्चाले मंगलबारदेखि तीन दिनसम्म काठमाडौंको माइतीघरमा ‘थारु प्रदर्शन’ गर्ने विज्ञप्तिमा जनाएको छ ।

बिज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...