काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्य समिति बैठक काठमाडौंमा सुरु भएको छ । जसपाको आधिकारिकता विवाद टुङ्गो लागेसँगै पार्टी केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।
आज मंगलबारबाट सुरु हुने बैठक भोलिसम्म चल्ने छ । पछिल्लो पटक पार्टीको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय र केन्द्रीय कार्य समिति ५ सय १५ सदस्यीय कायम भएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
अर्का अध्यक्ष महन्थ ठाकुर समूह पार्टीबाट निश्काशन भएपछि पहिलो बैठक बस्ने लागेको हो ।
बैठकमा पार्टी सरकारमा सहभागिता, मन्त्री चयन, भदौ १ बाट घोषण गरिएको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान शुभारम्भ लगायतका विषयमा छलफल हुने पार्टी स्रोतले जनाएको छ ।
डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा डाकिएको बैठकमा सहभागी हुन केन्द्रीय नेताहरु राजधानी पुगिसकेको जसपा केन्द्रीय कार्यालय बालकुमारीले जनाएको छ ।