पथरी, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङको अधिवेशन आगामी असोज १६ गते हुने भएको छ ।
मंगलबार भरर्चुअल जुम मार्फत बसेको जिल्ला बैठकले असोज १६ मा लेटाङमा अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीले बताइन् ।
कोरोना महामारीको कारण जेष्ठ १५ गते गर्ने भनिएको अधिवेशन राकिएको थियो । भर्चुअल जुम बैठकले आगामी असोज १६ मा गर्ने निर्णय गरिएको अध्यक्ष लावतीले बताइन् । उनले जिल्ला अधिवेशन पूर्व सबै स्थानीय पालिका र वार्डहरुमा अधिवेशन गर्दै क्रियासिल सदस्यता कार्ड वितरण गर्ने बताइन् ।
कोरोना महमारीबीच मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै जिल्ला लगायत तल्लो तहको अधिवेशनहरु आगामी मंसिर पहिलो हप्ता सम्ममा सक्ने निर्देशन बमोजिम मोरङ् जिल्ला अधिवेशन हुन लागेको मञ्चका प्रान्तीय उपमहासचिव तथा मोरङ जिल्ला इन्चार्ज दिल कुमार लावतीले बताए ।