काठमाडौं, २ भदौं । जसपाबाट दल बिहीन बनेका महन्थ ठाकुर नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका हुन् ।
देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे लगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।
नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद रहेको स्रोतले जनाएको छ ।
जसपा उपेन्द्र यादव पक्षकाे कार्यकारिणी सदस्यमा राखिएका रेशमलाल चाैधरीलाइ जसपा लाेकतान्त्रिककाे कार्यकारिणीमा पनि राखिएकाे छ ।
ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको जनाएको छ ।
हेर्नुहोस् २४ सदस्यीय कार्यकारिणी समितिको नामावलीः
