लिम्बुवान मञ्चका नेता मादेन उपचारको लागि भारतको कलकता प्रस्थान

 लिम्बुवान न्युज
                       

प्रान्तीय सदस्यहरू बाँयाबाट क्रमशः अमृत मादेन, राम हर्क खम्बू राइ

पथरी, ३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य अमृत मादेन उपचारको लागि आज भारतको कलकता आर्मी अस्पताल प्रस्थान गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना काल देखि नै निरन्तर पहिचान र संघीय आन्दोलनमा सकृय ८२ बर्षीय नेता मादेन लामो समय देखि पायल्स रोगबाट ग्रसित हुनु हुन्थ्यो । उनको धरानस्थित विपि मेमोरियरले रिफर गरेसँगै त्यस तर्फ प्रस्थान गरेका हुन् ।

२०औं बर्ष भारतीय आर्मीमा जीवन विताउनु भएका मादेन नेपालमा सबै जातीहरुलाई समावेशी समानुपातिक ढंगबाट प्रतिनिधित्व हुने नयाँ संविधान निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान राज्य पाउनु पर्ने दावी गर्छन् । लिम्बुवान आन्दोलनको क्रममा बढ्दो उमेरमा पनि सक्रिय नेता मादेन केही बर्ष देखि भने अस्वस्थ्य भई घरमै आराम गरिरहेका थिए ।

वहाँको स्वास्थ्य स्थिति बुझ्न मञ्चको जिल्ला कार्य समिति बुधकार वहाँको निवास पथरी पुगेको थियो । भेटको क्रममा मञ्चको मोरङ् जिल्ला कार्य समितिले स्वास्थ्य लाभको कामना गर्दै उपचारको क्रममा भारतको यात्रा सफल रहोस् भन्ने कामना गरेको थियो । उक्त भेटघाटमा मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख साथै मोरङ जिल्ला इन्चार्ज दिल कुमार लावती, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेन लावती, जिल्ला सचिव बरुण लाबुङ्, नगर अध्यक्ष चन्द्र पालुङवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसरी नै अर्का विरामी नेता मञ्चका प्रान्तीय सदस्य राम हर्क खम्बूलाई समेत उनको निवासमा पुगी भेटगरी जिल्ला समितिले स्वास्थ्य लाभको कामना गरेको छ । पूर्व भारतीय सैनिक खम्बू लामो समय देखि बाथ रोगबाट ग्रसित छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...