
विर्तामोड। झापको बिर्तामोड ७ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी गठन भएको छ । बिहीबार राजन लिम्बुको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन भएको हो ।
मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को उपस्थितिमा गठित समितिको उपाध्यक्षमा टिका लिम्बु र सचिवमा नविन लिम्बु लगायत १७ सदस्यीय वडा कमिटी गठन गरिएको थियो ।
त्यसैगरी उक्त कार्यक्रमबाट वडा सल्लाहकारमा वीर बहादुर लिम्बु, होम प्रसाद घिमिरे र अभिय गिरीलाई सल्लाहकारमा जिम्मेवारी दिइएको छ ।
उक्त भेलामा दलित मुक्ति मन्च झापा जिल्ला सचिव दिनेश सिवा, भुमिअधिकार मन्च झापा जिल्ला अध्यक्ष मान बहादुर फियाक र लिम्बुवान भोलेन्टियर्स सिनियर के. उप–कमाण्डर बादल राई लगायतको उपस्थिति रहेको थियो ।