काठमाडौं, ४ भदौं। महन्थ ठाकुर पक्षको पार्टीको नाम परिर्वतन भएको छ । पार्टीको नाम परिवर्तन गरि लोकतान्त्रिक समाजवादी पार्टी राखि निर्वाचन आयोगमा पठाइएको हो ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि शुक्रबार ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
सर्वोच्च अदालतको गत २३ फागुनको फैसलालाई मध्यनजर गर्दै मुल पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने निर्वाचन आयोगका अधिकारीहरुले बताए पछि नाम परिवर्तन गरि निर्वाचन आयोगमा नाम परिवर्तन गरी पठाइएको जसपा महन्थ पक्षले बताएको छ ।
साथै निर्वाचन आयोगमा कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय समिति बनाइएको जानकारी पनि दिईएको एक नेताले बताए । यसैगरी शरतसिंह भण्डारीलाई वरिष्ठ नेता बनाइएको छ । यसअघि आयोगमा नाम दर्ता गर्दा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।